शिक्षक र विद्यार्थीलाई टोपी वितरण

Published on

काठमाडौं । ताप्लेजुङको सदरमुकाम फुङ्लिङस्थित बालमन्दिर आधारभूत विद्यालयका शिक्षक र विद्यार्थीलाई न्यानो टोपी वितरण गरिएको छ । फुङ्लिङ नगरपालिका र कोअपरेटिभ्स युथ अर्गनाइजेसन धादिङको आर्थिक सहयोगमा शिक्षक र विद्यार्थीलाई बुधबार टोपी वितरण गरिएको हो । बालमन्दिर आधारभूत विद्यालयका १२ जना शिक्षक र त्यहाँ अध्ययनरत ८५ जना विद्यार्थीलाई अहिलेको जाडो मौसममा लगाउने न्यानो टोपी वितरण गरिएको छ । फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन, शिक्षा शाखाका अधिकृत प्रकाश पौडेल लगायतले बालमन्दिरका शिक्षक र विद्यार्थीलाई टोपी वितरण गर्नु भएको हो ।

जाडो मौसममा लगाउने न्यानो टोपीले शिक्षक र विद्यार्थीको स्वास्थ्य तन्दुरुस्तीसँगै पढाइमा टेवा पुग्ने विश्वास गरिएको प्रधानाध्यापक धर्मप्रसाद पौड्यालले बताउनु भयो । बालमन्दिरमा अध्ययनरत बालबालिका (विद्यार्थी) र शिक्षक समेतका लागि न्यानो टोपी वितरण गरेकाले सहयोगी निकायप्रति प्रधानाध्यापक पौडेल धन्यवाद तथा आभार व्यक्त गर्नु भएको छ । यता टोपी वितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगर प्रमुख मादेनले आगामी शैक्षिकसत्र २०८३ मा दुई जना शिक्षकको व्यवस्था गर्ने र चार कोठे विद्यालय भवन निर्माण गर्ने गरी योजना विनियोजन गरिदिने बचन दिनु भयो । बालमन्दिर आधारभूत विद्यालयमा हाल कक्षा ४ सम्म अङ्ग्रेजी माध्यममा पढाइ हुँदै आएको छ । कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष राधाकृष्ण पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...