चुमनुब्री गाउँपालिका बन्यो प्यानकार्ड जारी गर्ने पहिलो पालिका

Published on

काठमाडौं । उत्तरी गोरखाको हिमाल पारीको गाउँपालिका चुमनुब्री गाउँपालिका गण्डकी प्रदेशमै स्थानिय तहबाटै स्थायी लेखा नम्बर (प्यान) कार्ड जारी गर्ने पहिलो पालिका बनेको छ । गण्डकी प्रदेशका ८५ वटा स्थानियतहमध्ये चुमनुब्री गाउँपालिकाले यो सेवा सुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मनोज लामिछानेले जानकरी दिनुभयो ।  नेपाल सरकारले गोरखा लगाएत ३८ जिल्लाका कर सेवा कार्यालय खारेज गरेपछि कर सेवा सम्बन्धी सेवाहरु स्थानिय तह र कोष तथा लेखा नियन्त्रक कार्यालय मार्फत प्रवाह गर्ने व्यवस्था मिलाएको हो । सोहि निर्णय अनुसार चुमनुब्री गाउँपालिकाले स्थानिय तहमै कर सेवा सुरु गरेको प्रमुख प्रशासकिय अधिकृत लामिछानेले बताउनुभयो । 

पालिकामा प्यान कार्ड जारी गर्नका लागि बुधबार चुमानुब्री गाउँपालिका र आन्तरिक राजस्व कार्यालय दमौलीबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ भने सोहि समझदारी अनुसार गाउँपालिकाबाट स्थायी लेखा नम्बर (प्यान) र व्यावसायिक स्थायी लेखा नम्बर (बिगनेस प्यान) अब देखि जारी गर्न सकिने गाउँपालिकाले जनाएको छ ।  अब देखि गाउँपालिकामा आयकर, मुल्यअभिबृद्धि कर र अन्तशुल्क सम्बन्धी सेवा, दर्ता प्रमाणपत्र तथा इजाजतपत्र प्रदान गर्ने, संसोधन गर्ने र आवश्याक परे सम्बन्धित कार्यालयमा सिफारिस गर्ने व्यवस्था गरिएको प्रमुख प्रशासकिय अधिकृत लामिछानेको भनाई छ । 

कर सेवा सञ्चालनका लागि आवश्याक स्रोत साधन र जनशक्ति ब्यावस्थापन गाउँपालिकाले नै गर्ने छ । आन्तिरिक राजस्व बिभागको पोर्टल प्रयोग गरेर सेवा सञ्चालन गरिने र सो समबन्धी तालिम बिभागले उपलब्ध गराउने सहमति भएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताउनुभयो । सेवा प्रभावकारी बनाउन दुबै पक्षबाट एक–एक जना अधिकृत स्तरको फोकलपर्सन तोकिएको छ । पालिकाले गरेको पहलले दुर्गम क्षेत्रका करदातालाई गोरखा सदरमुकाममाम प्यान कार्ड लिन ५ दिन लाएर धाउनुपर्ने बाध्यता अन्त्य हुनुका साथै सहज, छरितो र पहुँचयुक्त सेवा प्रदान हुने चुमनुब्री गाउँपालिका–३ व्यावसायी छिरिङ दोर्जे लामाको विश्वास छ । गोरखापत्र

spot_img

ताजा समाचार

स्वास्थ्य बीमा र राष्ट्रिय परिचयपत्र प्रणाली जोड्न समझदारी

काठमाडौं । स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच समझदारी भएको छ...

चिकित्सा शिक्षा अध्ययनको आकर्षण केन्द्र बन्दै कर्णाली स्वास्थ्य विज्ञान

काठमाडौं । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समयमा चिकित्सा शिक्षा अध्ययनको विद्यार्थीको आकर्षण...

सुनसरीका विभिन्न ठाउँबाट १४ ग्राम ब्राउन सुगर बरामद

काठमाडौं । सुनसरीको विभिन्न ठाउँबाट १४ ग्राम बढी ब्राउन सुगर बरामद भएको छ ।...

त्रिवेणी गाउँपालिकाले ८५ प्रतिशतसम्म अनुदानमा कृषि कार्यक्रम गर्ने

काठमाडौं । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अनुदानमा कृषि प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ...