काठमाडौं । थाइल्यान्डमा जनवरी १३ देखि २६ तारिखसमम आयोजना हुने साफ फुटसल च्याम्पियनसिपका लागि नेपालको पुरुष र महिला टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले शुक्रबार खेलाडी टोलीको बिदाइ गरेको हो । टोलीलाई एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङलगायत पदाधिकारीले शुभकामनासहित बिदाइ गर्नुभयो । नेपालले पहिलो पटक साफ स्तरीय फुटसल च्याम्पियनसिप खेल्न लागेको हो । नेपाली महिला टोलीका लागि यो पहिलो अन्तर्राष्ट्रिय फुटसल च्याम्पियनसिप समेत हो । बिदाइको अवसरमा दुवै टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने दाबी गरेका थिए । गोरखापत्र

