साफ फुटसल च्याम्पियनसिप खेल्ने टोलीको बिदाइ

Published on

काठमाडौं । थाइल्यान्डमा जनवरी १३ देखि २६ तारिखसमम आयोजना हुने साफ फुटसल च्याम्पियनसिपका लागि नेपालको पुरुष र महिला टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले शुक्रबार खेलाडी टोलीको बिदाइ गरेको हो । टोलीलाई एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङलगायत पदाधिकारीले शुभकामनासहित बिदाइ गर्नुभयो । नेपालले पहिलो पटक साफ स्तरीय फुटसल च्याम्पियनसिप खेल्न लागेको हो । नेपाली महिला टोलीका लागि यो पहिलो अन्तर्राष्ट्रिय फुटसल च्याम्पियनसिप समेत हो । बिदाइको अवसरमा दुवै टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने दाबी गरेका थिए । गोरखापत्र

spot_img

ताजा समाचार

पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले नेपाल-चीन सम्बन्धमा नकारात्मक असर पुर्‍याउने किसिमका गतिविधिमा संलग्न दोषीमाथि छानबिन...

हावाहुरीसहितको असिनाले किसान चिन्तित, हजारौँ बिघाको बाली नष्ट

काठमाडौं । सुनसरीमा सोमबार राति आएको हावाहुरीसहितको असिनापानीले मकै, गहुँ तथा तरकारी बालीमा ठुलो...

भुजीखोला बाढीको पाँच वर्ष : पीडित अझै आवासविहीन

काठमाडौं । पश्चिम बागलुङको भुजीखोलामा भीषण बाढी आएको पाँच वर्ष बितिसक्दा पनि पीडितले आवास...

क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण गराउन र प्रारम्भिक उपचारका...