कर्मचारी मिलन केन्द्र नवलपुरको अध्यक्षमा अधिकारी

Published on

काठमाडौं । कर्मचारी मिलन केन्द्र नवलपुरको शनिबार सम्पन्न भेलाले विष्णुप्रसाद अधिकारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रूपमा चयन गरेको छ । केन्द्रको विधानअनुसार सम्पन्न भेलाले उपाध्यक्षमा पूर्णहरि सुवेदी (नापी कार्यालय), सचिवमा ज्ञान प्रसाद भुसाल एकीकृत सेवा कार्यालय, सहसचिवमा लिलाधर शर्मा (गैंडाकोट नगरपालिका) तथा कोषाध्यक्षमा सुशील सुवेदी (जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय) चयन हुनुभएको छ ।

यसैगरी सदस्यहरूमा लक्ष्मण बराल, दीपा गौतम, सञ्जय ढकाल, छविलाल सुवेदी, केशबहादुर खण्डलुक, शोभा आचार्य, विदिका सुवेदी र हरि पौडेल रहनुभएको छ । कर्मचारी मिलन केन्द्रका प्रमुख संरक्षक प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डे तथा सल्लाहकार जिल्ला न्यायाधीश कमल ्प्रसाद ज्ञवालीको विशेष उपस्थितिमा नयाँ कार्यसमिति चयन गरिएको हो । जिल्लामा गठित कर्मचारी मिलन केन्द्रको मुख्य उद्देश्य कर्मचारीहरूबीच आपसी सम्बन्ध सुदृढ गर्दै संस्थागत वातावरणलाई सहयोगी, अनुशासित र प्रभावकारी बनाउनु रहेको छ ।

जसका लागि कर्मचारीहरूबीच आपसी सद्भाव, भाइचारा र सहकार्यको भावना विकास गर्दै कर्मचारीका साझा समस्या, हकहित र सरोकारका विषयमा छलफल तथा पहल गर्ने, पेशागत क्षमता अभिवृद्धि, तालिम, अभिमुखीकरण तथा अनुभव आदानप्रदानको अवसर सिर्जना गर्ने र कर्मचारी कल्याण, सहयोग तथा आपतकालीन सहायताका कार्यमा सहकार्य गर्दै अघि बढ्ने नवगठित समितिका अध्यक्ष विष्णुप्रसाद अधिकारीले बताउनुभएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...