बाजुरामा एक हजार साठी निर्वाचन प्रहरी भर्ना गरिने

Published on

काठमाडौं । बाजुरामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक हजार साठी जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । प्रतिनिधि सदस्य निर्वाचनमा सहजताका लागि यहाँ जिल्ला प्रहरी कार्यालय बाजुराले ९६४ र शसस्त्र प्रहरी कार्यालय बाजुराले ९६ जना गरी एक हजार साठी जना निर्वाचन प्रहरी भर्ना गरिने जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपालको संयुक्त कार्यविधि–२०८२ अनुसार निर्वाचन प्रहरी छनोट, नियुक्ति तथा परिचालनका लागि योग्यता पुगेका नेपाली नागरिकबाट एकीकृत रूपमा दरखास्त आह्वान गरिने जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गगनसिंह भाटले बताउनुभयो । 

उहाँले भन्नुभयो, निर्वाचन प्रहरीमा भर्ना हुन इच्छुक उम्मेदवारले माघ १ गतेसम्म निवेदन दिन सक्ने छन् । दरखास्त जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बलको गुल्ममा दिन सकिनेछ । दरखास्त फाराम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिक उम्मेदवार हुन सक्नेछन् । उम्मेदवार सामान्य लेखपढ गर्न जान्ने, फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कुनै राजनीतिक दलको सदस्य नरहेको, शारीरिक तथा मानसिक रूपमा स्वस्थ तथा आतङ्ककारी वा विध्वंसात्मक सङ्गठनसँग सम्बन्ध नरहेको हुनुपर्ने शर्त तोकिएको छ ।”

शारीरिक मापदण्डतर्फ पुरुषको न्यूनतम उचाइ पाँच फिट तीन इन्च, छाती ३१–३३ इन्च र तौल ५० केजी तथा महिलाको हकमा न्यूनतम उचाइ पाँच फिट र तौल ४२ केजी भएको हुनुे पर्ने छ । महिलाको हकमा गर्भवती नभएको वा गर्भावस्था समाप्त भइसकेको हुनुपर्नेछ । त्यसैगरी दरखास्तका लागि सम्पर्क मिति माघ ४ गते तोकिएको छ भने माघ ५ देखि ९ गतेसम्म उम्मेदवार छनोट प्रक्रिया सञ्चालन गरिनेछ । छनोट भई नियुक्ति पाएका निर्वाचन प्रहरीको कार्यावधि ४० दिन रहनेछ । हामीले बिदाको दिनमा पनि दरखास्त लिने गरेको प्रहरी निरीक्षक भाटले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...