कठ्याग्रिँदो जाडोमा च्याङ्ग्रासँगै लेकमा रमाउँदै कृषक

Published on

काठमाडौं । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका-१,छोसेरका कृषक आङ्ग्याल गुरूङकाे उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका-१,छोसेरमा रहेको ‘झोङ्ग’गुफाको पछाडीको पहाडमा च्याङ्ग्राको बथान छ । चिसो बढेसँगै तापक्रम ऋणात्मक भएपनि च्याङ्ग्रा व्यवसायी गुरूङ दैनिक गोठालासहित चरन क्षेत्रमा पुग्ने गर्नुहुन्छ । चीनको स्वशासित क्षेत्र तिब्बतको सिमाना कोरलाको नाकामा करिब ७ सय च्याङ्ग्राको चरन क्षेत्र व्यवस्थापन गर्दागदै गुरूङलाई चिसो झल्न बेंसी झर्ने फुर्सद समेत छैन । समुन्द्री सतहदेखि ४ हजार ७ सय मिटरको उचाईसम्म छोसेरका च्याङ्ग्रापालक कृषकहरूको गोठहरू भेटिन्छन् । १९ वर्षदेखि च्याङ्ग्रा पालनमा सक्रिय गुरूङले वर्षेनी १ करोडभन्दा बढीको च्याङ्ग्रा बेच्नुहुन्छ ।

कठोर हावापानीमा हुर्किने च्याङ्ग्राका लागि चरन क्षेत्रमा गोठ बनाएर गोठालाको जिम्मा लगाएर छोड्ने गरिन्छ । कृषक गुरूङ भन्नुहुन्छ,‘‘अत्याधिक जाडो भएपनि हिउँ परेको छैन, चरन क्षेत्रमा घाँस भएकाले सहज भएको छ ।’’चरन क्षेत्रमा राखिएका च्याङ्ग्रालाई हिउँ चितुवा र ब्याँसोले सताउने गरेको कृषक निमा गुरूङले बताउनुभयो । माथिल्लो क्षेत्रबाट झरेका हिउ चितुवा र हिमाली ब्वाँसोबाट जोगाउन हम्मेहम्मे भएको बताउनुभयो । विगत आधादशक यता पुस, माघमा पनि हिमपात नहुदाँ चरन क्षेत्र ब्यवस्थापनमा चुनौती बन्दै जान थालेपछि पशुपालक कृषकले बजारबाट दाना समेत ब्यवस्थापन गरी जाडोयाममा राख्ने गरेका छन् । 

उपल्लो मुस्ताङका १० भन्दा बढी कृषकको ठूलो संख्यामा च्याङ्ग्रा रहेकाले पुस, माघको महिनामा पनि चरन क्षेत्रमै राख्ने गरिएको छ ।गोठालोलाई जाडोयाममा मासिक ज्यााला धेरै दिएर राख्ने गरिएको कृषक छिङ्मी गुरूङ बताउनुहुन्छ । जाडो समयमा गोठालालाई टिकाउन समेत निकै समस्या रहेको कृषकको भनाइ छ । उच्च लेकमा चिसोसँगै हिमपातका कारण चरन क्षेत्रमा बिरामी पर्ने जोखिमलाई मध्यनजर गरी बस्ती नजिकै रहेका चरन क्षेत्रमा गोठमा समेत च्याङ्ग्रा रहेको कृषि तथा पशु विकास कार्यालय मुस्ताङले जनाएको छ । कार्यालयका प्रमुख डा.लालमणी अर्यालले उपल्लो मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिकामा १३ हजार र लोमन्थाङ गाउँपालिकामा १० हजार च्याङ्ग्रा रहेको बताउनुभयो । लो घेकर दामोदरकुण्ड चराङमामा च्याङ्ग्रा स्रोत केन्द्र समेत रहेको छ । 

माथिल्लो क्षेत्रमा चिसो हावापानीमा हुर्किने भएकाले धेरैजसो कृषकले हिमपात नभएको क्षेत्रमा भेटिने चरनमा छोड्ने गरेको प्रमुख डा. अर्यालको भनाई छ । थासाङ, घरपझोङ र बाराजुङ मुक्तिक्षेत्र गाउँपालिकामा माथिल्लो क्षेत्रबाट झारिएको छ ।बेशीतिर पर्याप्त चरन सुनिश्चित गर्ने तथा उपचार गर्ने गरिन्छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइका कार्यालयका अनुसार जिल्लाभर १ सय कृषक सूचिकृत कृषकको गोठबाट दशैंतिहारमा ३६ करोडभन्दा बढीमूल्य बराबरको भेडा च्याङ्ग्राको व्यापार भएको थियो । उच्च हिमाली भेगमा पालन गरिएका भेडाच्याङ्ग्राले विषेश गरी जडीबुटी खाएर हुर्केकोे भन्दै स्वादिष्ट र स्वास्थ्यका लागि पनि फलदायी मानिन्छ। गोरखापत्र

spot_img

ताजा समाचार

छथरमा जातीय–सांस्कृतिक सहअस्तित्व र साहित्यमा केन्द्रित प्राज्ञिक गोष्ठी

काठमाडौं । तेह्रथुम – छथर गाउँपालिकामा जातीय, सांस्कृतिक विविधता र साहित्यिक–सामाजिक सहअस्तित्वका विषयमा प्राज्ञिक...

राष्ट्रपति पौडेलसँग ब्रिटिश गोर्खा सेनाको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अधिराज्य बेलायती सेनाका मेजर जेनरल जेरल्ड एम स्ट्रिकलेण्डसहितको टोलीले...

सुनसरी–४ का मतदाताले उम्मेदवारसँग मागे बाढी नियन्त्रण र पूर्वाधार सुधार

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नं...

कास्की–२ कांग्रेस उम्मेदवार बास्तोलाको हात फ्र्याक्चर, चुनावी अभियानमा चोट

काठमाडौं । नेपाली कांग्रेसका कास्की–२ का उम्मेदवार माधवप्रसाद बास्तोला निर्वाचन अभियानका क्रममा घाइते हुनुभएको...