रुम्दीका विद्यार्थीलाई न्यानो कपडा वितरण

Published on

काठमाडौं । बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका-२ रूम्दी आविका विद्यार्थीहरुलाई चिसोमा न्यानो कपडा वितरण गरिएको छ । हिमाली क्षेत्रमा रहेको आसपासमा रहेको यो विद्यालयका विद्यार्थीहरुलाई पढ्ने समयमा चिसोबाट जोगिन समाजसेवि गङ्गा राईले उनीहरुलाई न्यानो कपडा वितरण गरेको हो । वर्खाको समय खासै चिसो हुँदैन । हिउँदको समयमा हामीलाई विद्यालयमा जाँदा निकै चिसो हुने गरेको हिमाली गाउँपालिका २ को रुम्दी आविका छात्र प्रमिला रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो यो समस्यालाई मध्यनज गर्दै यतीबेला समाजसेवी राईले न्यानो कपडा वितरण गरेकोमा हामीलाई निकै खुसी लागेको छ ।” जसरी उहाँले चिसोमा न्यानो कपडा वितरण गरेर हामीलाई सहयोग गर्नुभयो । त्यसैगरी हाम्रो गरिबी अवस्था देखेर यहाँका बालबािलकाहरुलाई स्टेस्नरी सामग्री वितरण गरिदिन पाए थपमा हामी निकै सहज हुने रोकायाको भनाइ छ । प्रमेश्वरको अनुसरण मण्डलीको समन्वयमा समाजसेवी गङ्गा राईको आर्थिक सहयोगमा रुम्दी आविका बालबालिकाहरुलाई चिसोको समयमा न्यानो कपडा वितरण गरेको हिमाली गाउँपालिका –२ का वडा अध्यक्ष रणबहादुर बुढाले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...