काठमाडौं । सत्यती गाउँपालिका गुल्मीमा आज (बुधबार) शोक बिदा दिइएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालका अनुसार वडा नम्बर ४ लिम्घामा कार्यरत नायब प्राविधिक सहायक पदमा कार्यरत ३५ वर्षीय खुमप्रसाद ओलीको निधन भएकाले आज पालिकाभर शोक बिदा दिने निर्णय भएको हो ।
बर्दिया घर भएका ओलीको २७ गते लिम्घामै बाथरुममा नुहाउन जाँदा उच्च रक्तचापका कारण ढलेर निधन भएको पालिका पशु सेवा शाखा प्रमुख नारायण खनालले जानकारी दिनुभयो । उहाँ २०७३ सालदेखि नै सत्यवतीमा कार्यरत रहेको उहाँले बताउनुभयो । आज पालिकालगायत मातहतका वडा कार्यलयहरुमा शोक सभा गरी शोक बिदा दिने भएकाले गाउँपालिका र वडा कार्यालयहरुबाट सेवा प्रवाह नहुने भुसालले बताउनुभयो । गोरखापत्र

