काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यमा हुम्ला जिल्लाका १९ जना मनोनित भएका छन् । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित विभिन्न दल मिलेर बनेको नेकपाको विस्तारित केन्द्रीय समितिमा हुम्लाबाट १९ जना मनोनित भएका हुन् । नेकपाको केन्द्रीय समितिमा मनोनित हुनुहुनेमा साविकको नेपाल कम्युनिष्ट पार्टी (माओवादी (केन्द्र) बाट विजय भण्डारी, सिमकोट गाउँपालिका– १, छिमीदोर्जे लामा, सिमकोट गाउँपालिका–४, छिरिडम्दुल लामा, सिमकोट गाउँपालिका–३, विरजन शाही सिमकोट गाउँपालिका–७ का रहनु भएको छ । यसैगरी सीता शाही (सुस्मिता)– चंखेली गाउँपालिका–४, रणसिंह परियार– अदानचुली गाउँपालिका–१, डा. दीपेन्द्र रोकाया– सर्केगाड गाउँपालिका–८, लालकेश जैशी,– ताजाँकोट गाउँपालिका–४ का रहनुभएको छ ।
यता नेकपा एकीकृत समाजवादीबाट हस्तबहादुर शाही– अदानचुली गाउँपालिका–५, शिवराज शर्मा–ताजाँकोट गाउँपालिका–२, जोशी धामी– सर्केगाड गाउँपालिका–१, प्रेमा लामा – सिमकोट गाउँपालिका– १, प्रेमकला शाही– चंखेली गाउँपालिका– ४, बविता शिरा– चंखेली गाउँपालिका–६ र तीर्थराज रोकाया– सिमकोट गाउँपालिका–५ स्थायी बासिन्दा केन्द्रइ सदस्यमा मनोनित हुनुभएको हो ।
त्यस्तै, नेकपा माओवादी समाजवादीबाट कर्णजित बुढाथोकी – सर्केगाड गाउँपनलिका–६, रगमल रोकाया– सर्केगाड गाउँपालिका–८, ज्ञानु फडेरा– सर्केगाड गाउँपालिका–२, जीवन ऐडी– सर्केगाड गाउँपालिका–६, नाम्ग्याल तामाङ– नाम्खा गाउँपालिका– १ का रहनुभएको छ । मनोनित सबैले मङ्गलबार भौतिक उपस्थिति र भर्चुअल माध्यामबाट पद तथा गोपनिताको सपथ खाइसक्नु भएको छ । गोरखापत्र

