धनकुटामा निर्वाचन प्रहरीका लागि मागभन्दा कम आवेदन

Published on

काठमाडौं । माग गरिएभन्दा कम आवेदन परेपछि धनकुटामा निर्वाचन प्रहरीको आवेदन अवधि दुई दिन थप गरिएको छ । सरकारले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि खटिने निर्वाचन प्रहरीका लागि पुस २५ गतेदेखि माघ १ गतेसम्म दरखास्त आह्वान गरेको थियो । सो अवधिमा धनकुटामा जम्मा ८ सय ७६ जनाको मात्र आवेदन परेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । धनकुटाका लागि नेपाल प्रहरीतर्फ नौ सय ८९ जनाको कोटा तोकिएको थियो । तोकिएको सङ्ख्याभन्दा एक सय १३ जना कम आवेदन परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी राजन कार्कीले जानकारी दिनुभयो ।

आवेदन सङ्ख्या कम भएपछि जिल्ला प्रहरी कार्यालयले थप दुई स्थानबाट पनि आवेदन दिने व्यवस्था मिलाएको छ । अब जिल्ला प्रहरी कार्यालय धनकुटासँगै इलाका प्रहरी कार्यालय छिन्ताङ र इलाका प्रहरी कार्यालय राजारानीबाट समेत आवेदन दिन सकिनेछ । भौगोलिक विकटताका कारण सदरमुकामबाट टाढा रहेका स्थानलाई लक्षित गरी दुई स्थान थप गरिएको डिएसपी कार्कीको भनाइ छ । छारागाउँस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गुल्म हेडक्वार्टर छिन्ताङका लागि छुट्याइएको ९६ जनाको कोटामा समेत अपेक्षाकृत आवेदन नपरेको जनाइएको छ । धनकुटामा नेपाल प्रहरीतर्फ नौ सय ८९ र सशस्त्र प्रहरीतर्फ ९६ गरी कुल एक हजार ८५ निर्वाचन प्रहरीको कोटा रहेको छ ।

जतिसक्दो धेरै आवेदकमध्येबाट छनोट गर्न पाउँदा गुणस्तरीय जनशक्ति प्राप्त हुने भए पनि आवेदन सङ्ख्या नबढ्दा छनोट प्रक्रियामै समस्या आउन सक्ने जनाइएको छ । माघ ५ देखि ९ गतेसम्म निर्वाचन प्रहरीको भर्ना छनोट सम्पन्न गरी माघ १२ गते अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी छ । त्यसैगरी माघ १५ गतेदेखि प्रशिक्षण सुरु गर्ने कार्यतालिका रहेको डिएसपी कार्कीले जानकारी दिनुभयो । सरकारले प्रतिनिधिसभा निर्वाचनमा खटिने निर्वाचन प्रहरीलाई प्रहरी जवानसरहको सेवा–सुविधा प्रदान गरी ४० दिन कार्यक्षेत्रमा खटाउने जनाएको छ । निर्वाचन सुरक्षामा खटिने प्रहरीले प्रतिदिन ८ सय ६९ रुपियाँ ४० पैसा भत्ता पाउनेछन् । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...