शवगृहमा छोराको लास आमाबुवाको मर्‍याे आस

Published on

काठमाडौं । रूपन्देहीको कञ्चन गाउँपालिका अन्तर्गत धवलागिरि चोकका १७ वर्षीय ईशान शर्माको शव एक महिनादेखि लुम्बिनी प्रादेशिक अस्पतालको शव दाहगृहमा छ । उहाँका आमाबुवाको आँसु अझै थामिएको छैन । ईशानको हत्या भएको बताउँदै परिवारले हत्यामा संलग्नमाथि कारबाही नभएसम्म शव नउठाउने अडान लिएको छ । गत पुस २ गते साँझ करिब ८ बजेदेखि परिवारसँग सम्पर्कविहीन भएका ईशान अर्को दिन पुस ३ गते घरनजिकैको नालीमा टाउकोको पछाडि गम्भीर चोट लागेको र बायाँ आँखा फुटेको अवस्थामा मृत भेटिएका थिए । ईशानको घरपरिवारले उहाँको हत्या गरी शव नालीमा फालिएको भन्दै घटनाको सत्यतथ्य अनुसन्धान गर्न माग गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीले भने ईशानको फोर्स गाडीको ठक्करबाट मृत्यु भएको बताउँदै आएको छ । 

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी सुरज कार्कीले ईशानको मृत्यु लु. २ ख. ४९४८ नम्बरको फोर्स गाडीले ठक्कर दिएपछि भएको बताउनु भयो ।  चालकले कसुर स्वीकार गरिसकेका छन् तर प्रहरीको कुरा पत्याउन घरपरिवार तयार छैनन् । ईशानका छिमेकीले समेत गाडीले ठक्कर दिएको भए ईशानको शव माथिबाट ढाकिएको नालीभित्र कसरी गयो भन्ने प्रश्न गर्दै हत्याको आशङ्का गर्दै आएका छन् । हत्या भएको लामो समय भइसक्दा पनि घटनामा संलग्न दोषी पक्राउ नपरेको भन्दै स्थानीयले इलाका प्रहरी कार्यालय कञ्चन रुद्रपुरमा धर्नासमेत दिइसकेका छन् । ईशान शर्माकी दिदी आकृति ज्ञवालीले ईशानको हत्या नै भएको उल्लेख गर्दै प्रहरीले हत्यामा संलग्नमाथि छिटो कारबाही गर्न माग गर्नु भयो । घटनाको सत्यतथ्य छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै परिवार, आफन्त र छिमेकी निरन्तर आन्दोलित छन् । न्यायको माग गर्दै उनीहरूले शनिबार बिहान पूर्वपश्चिम महेन्द्र राजमार्गको फायरलाइन चोकमा चक्काजामसमेत गरेका छन् । 

ईशानका बुवा अर्जुन पौडेलले प्रहरीले सवारीसाधनको ठक्करबाट मृत्यु भएको बताए पनि बन्द नालीभित्र शव कसरी पुग्यो भन्ने प्रश्नको जवाफ प्रहरीले दिन नसकेको भन्दै उपल्लो निकायबाट अनुसन्धान गर्न माग गर्दा पनि सुनुवाइ नभएकोमा गुनासो गर्नु भयो । प्रहरीले वास्तविक दोषीलाई जोगाउन नक्कली चालक खडा गरेको बताउनु भयो । गोरखापत्र

spot_img

ताजा समाचार

आरक्षण स्कुलको आयोजनामा नेसनल प्याव्सनको एकल गायन प्रतियोगिता सम्पन्न

भक्तपुर- नेसनल प्याव्सन भक्तपुरको कार्यक्रम एकल गायन प्रतियोगिता-२०८३ चांगुनारायण नगरपालिका वडा नं ८ मा...

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

काठमाडौँ । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी घाइते भएका चालकको उपचारका क्रममा मृत्यु...

डेटा सेन्टरमा ह्याकरको आक्रमणपछि सेयर बजार बन्द गर्नुपर्ने अवस्थामा पुग्यो, नियामकले थाल्यो छानबिन

काठमाडौँ । डेटा सेन्टरमा भएको र्‍यान्समवेयर आक्रमणका कारण नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सेयर...

बाल संरक्षणदेखि विपद्पछिको सहयोगसम्म, भ्वाइस अफ चिल्ड्रेन–डेनभर विश्वविद्यालय संवाद

काठमाडौं । बाल अधिकार तथा संरक्षणका क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था ‘भ्वाइस अफ...