उत्पीडित समुदायको अधिकारका लागि अझै सङ्घर्स गर्नुपर्नेछ : संयोजक दाहाल

Published on

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक न्याय, समानता, समावेशिता तथा उत्पीडित समुदायका अधिकारका लागि अझै सङ्घर्स गर्नुपर्नेमा अवस्था रहेको बताउनुभएको छ । उहाँले २८६२ औँ सोनाम ल्होसारको अवसरमा सोमबार तामाङ समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दै सो विषयलाई जोड दिनुभएको हो ।

“तामाङ समुदायको ल्हो परम्परा, सेलो संस्कृति, डम्फु–टुङ्नाको धुन र सामूहिक उत्सवले नेपालको बहुजातीय र बहुसांस्कृतिक चरित्रलाई जीवन्त बनाउँदै आएको छ, यही विविधता नै हाम्रो राष्ट्रिय एकताको बलियो आधार हो,” संयोजक प्रचण्डले भन्नुभएको छ । उहाँले सोनाम ल्होसारले विभेदविरुद्ध एकजुट भई सुशासन, समृद्धि र जनताको शासन स्थापना गर्ने अभियानमा अझ दृढ बनोस भनी कामना गर्नुभएको छ ।

“सोनाम ल्होसार केवल नयाँ वर्षको उत्सव मात्र नभइ पहिचान, संस्कृति, श्रम, प्रकृति र सामूहिक जीवनप्रतिको सम्मानको प्रतीक हो । डुक ल्हो (सर्प वर्ष) लाई विदाइ गरी ता ल्हो (घोडा वर्ष) को स्वागत गर्दै यस पर्वले परिवर्तन, गति र नयाँ सङ्कल्पको सन्देश दिन्छ,” संयोजक दाहाले आफ्नो शुभकामना सन्देशम भन्नुभएको छ, “सबै आदिवासी जनजाति समुदाय र सम्पूर्ण नेपाली जनतामा सुख, शान्ति र समृद्धिको कामना गर्दछु, यस अवसरमा तामाङ समुदायसहित सम्पूर्ण नेपाली जनतामा सुस्वास्थ्य, दीर्घायु, सम्मानपूर्ण जीवन र समृद्ध भविष्यको कामना गर्दछु ।”गोरखापत्र

spot_img

ताजा समाचार

केन्जोको प्रतिमा निर्माण

काठमाडौं । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पदमचाल (केन्जो) फुलको प्रतिमा निर्माण गरेको छ । हिमाली...

जापानमा ताकाइचीको ठूलो जितको अपेक्षा

काठमाडौं । जापानका प्रधानमन्त्री साने ताकाइचीले आफ्नो दललाई महत्त्वाकांक्षी रूढीवादी राजनीतिक एजेन्डा अघि बढाउन...

फागुन ३ देखि म्याग्दीमा मतदाता शिक्षा अभियान

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी म्याग्दीमा मतदाता...

टी–२० विश्वकप : नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै इङ्ल्यान्ड

काठमाडौं । आइसिसी टी–२० विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा नेपालले अहिले दुई पटकको...