सुनौलो भविष्यको खोजीमा रुस गएका कञ्चनपुरका दिनेश नायक लामो समयदेखि सम्पर्कविहीन

Published on

निलाक्सी चन्द
महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९, ब्रह्मदेवका नेपाली विद्यार्थी दिनेश नायक रुसमा बिगत दुई वर्षदेखि सम्पर्कविहीन रहेका छन् ।

दिनेश नायकको भाउजु भागरती नायकका अनुसार “दिनेश उच्च शिक्षा अध्ययनका लागि वि.सं २०८० असार ८ गते रुस गएका थिए।अध्ययनको क्रममा आर्थिक समस्याको कारण उनी दुई महिनापछि रुसी सेनामा भर्ती हुन बाध्य भए र सोही वर्ष मङ्सिर १० गते परिवारसँग अन्तिम कुराकानी भएको थियो र त्यसपछि परिवारको उहाँसँग कुनै पनि सम्पर्क नरहेको जनाएको छ।

परिवारका अनुसार दिनेशको अवस्थाबारे हालसम्म केही पनि स्पष्ट जानकारी प्राप्त हुन सकेको छैन। यस विषयमा परिवारले स्थानीय तहदेखि सम्बन्धित निकायसम्म जानकारी गराउँदै आएको भए पनि कुनै ठोस सूचना नआएको जनाएको छ।

विदेशमा अध्ययन तथा रोजगारीका लागि जाने नेपाली युवाहरूको सुरक्षासँग जोडिएको यो विषयलाई मानवीय दृष्टिकोणबाट हेरिनुपर्ने स्थानीय सरोकारवालाहरूको भनाइ छ।

परिवारले नेपाल सरकार, परराष्ट्र मन्त्रालय तथा मस्कोस्थित नेपाली दूतावासको सहयोगमार्फत दिनेश नायकको अवस्थाबारे जानकारी प्राप्त हुने आशा व्यक्त गरेको छ।

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...