यी स्थानमा हुनेछ काठमाडौँका उम्मेदवारी दर्ता

Published on

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष तर्फको उम्मेद्वारी दर्ता गर्न काठमाडौँका १० क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयमा चहलपहल सुरु भएको छ । क्षेत्र नंं १ को कार्यालय काठमाडौँ महानगरपालिका वडा नं. ३१ स्थित नयाँबानेश्वरमा रहेको सहकारी प्रशिक्षण केन्द्रको कार्यालयमा स्थापना गरिएको छ । क्षेत्र नं. २ कार्यालय कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ५ स्थित थली चौरमा रहेको नगरपालिका भवनमा स्थापना गरिएको काठमाडौँका जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले  जानकारी दिनुभयो ।

क्षेत्र नं. ३ को कार्यालय गोकर्णेश्वर नगरपालिका वडा नं. ४ स्थित वडा कार्यालयमा स्थापना गरिएको छ । क्षेत्र नं. ४ को कार्यालय बूढानीलकण्ठ नगरपालिका नं.२ चपलीस्थित ज्येष्ठ नागरिक समाज भवनमा स्थापना गरिएको छ । क्षेत्र नं. ५ को कार्यालय टोखा नगरपालिका वडा नं. ५ स्थित श्री समाज भवनमा स्थापना गरिएको छ । क्षेत्र नं. ६ कार्यालय तारकेश्वर नगरपालिका वडा नं. ६ धर्मस्थलीस्थित नगरपालिका  भवनमा गरिएको छ । क्षेत्र नं. ७ को कार्यालय काठमाडौँ महानगरपालिका वडा नं. १६ खुसीबु, बालाजुस्थित बहुउद्देश्यीय मार्शल आर्टस् केन्द्र (जुडो हल) मा स्थापना गरिएको छ । क्षेत्र नं. ८ को कार्यालय नागार्जुन नगरपालिका वडा नं. ५ स्थित नगरपालिका भवनमा गरिएको छ । क्षेत्र नं. ९ को कार्यालय चन्द्रागिरी नगरपालिका वडा नं. १२ बलम्बुस्थित नगरपालिका भवनमा स्थापना गरिएको छ । क्षेत्र नं. १० को कार्यालय कीर्तिपुर नगरपालिका वडा नं. २ बाघ भैरवस्थित वडा नं २ को कार्यालयमा स्थापना गरिएको छ ।

काठमाडौँका १० वटै निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारी दर्ताका लागि दर्ता गराउन चाहनेको आउन थालेका छ । उम्मेद्वारी दर्ताका लागि सुरक्षालगायत सबै तयारी पनि पूरा भएको निर्वाचन आयोग, जिल्ला निर्वाचन अधिकारीको कार्यालय, काठमाडौँले जनाएको छ । उम्मेद्वारी दर्ताका लागि आज बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म काठमाडौँका १०  वटासँगै देशभरका १६५ वटै निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारले मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ । बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेद्वारको सूची प्रकाशन हुने कार्यक्रम छ ।

यही माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता भएको उम्मेद्वारको बिरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको छ । माघ ७ गते दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवं निर्णय गरी त्यसै दिन बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदेवारको नामावली प्रकाशन गरिने छ । माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेद्वारले नाम फिर्ता लिने समय तोकिएको छ ।  माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरी त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

मध्यपूर्व युद्धले भारतको ग्यास आपूर्ति जोखिममा

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका कारण भारतको ऊर्जा आपूर्तिमा प्रत्यक्ष असर पर्ने सङ्केत देखिएको छ...

दमकमा अस्थायी हेलिप्याड र हवाई गस्तीको तयारी

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट चासोका हेरिएको झापाको क्षेत्र नं.५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई...

अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २१ गते हुने निर्वाचनको लागि स्वास्थ्य...

उपत्यकामा मतदान केन्द्र व्यवस्थापन अन्तिम चरणमा (फोटो फिचर)

काठमाडौं । बिहीबार हुने मतदानका लागि काठमाडौँ उपत्यकामा मतदान केन्द्रको व्यवस्थापन अन्तिम चरणमा पुगेको...