रास्वपाले सुनसरीका चारै निर्वाचन क्षेत्रमा मनोनय दर्ता गराउँदै

Published on

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरीको चार वटै निर्वाचन क्षेत्रबाट मङ्गलबार दिउँसो १ बजे मनोनय दर्ता गराउने भएको छ । पार्टीका जिल्ला कार्यवाहक सभापति सागर दाहालले जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा आफुहरुको उम्मेदवार मनोनय दर्ता गर्ने तयारी भएको जानकारी दिनुभयो । साथै सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट शरिन तामाङ, निर्वाचन क्षेत्र नम्बर २ बाट लाल विक्रम थापा, निर्वाचन क्षेत्र नम्बर ३ बाट अशोक कुमार चौधरी र निर्वाचन क्षेत्र नम्बर ४ बाट दिपककुमार साहले मनोनय दर्ता गराउनुहुदै छ । 

क्षेत्र २ का उम्मेदवार थापाले विगतको सिन्डिकेटलाई चिर्दै, सुशासन, समृद्धि र नागरिकको सर्वोच्चता स्थापित गर्न रास्वपाको तर्फबाट यस पटकको प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो उम्मेदवारी दर्ता गर्न लागेको बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई २४ रनले हरायो

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको आफ्नो...

बूढीगण्डकीमा भीषण बाढी : पाँच गोठाला सम्पर्कविहीन, जलविद्युत् आयोजनाको निर्माणस्थल बगायो

काठमाडौं । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा आइतबार बिहान आएको बाढीले ठूलो भौतिक क्षति पुर्‍याएको...

आजदेखि बडादसैँ सुरु, बिहान ११ः४७ बजे घटस्थापनाको शुभ साइत

काठमाडौँ, असोज २५ । नेपालीको महान् चाड बडादसैँ आज आइतबारदेखि विधिवत् रूपमा सुरु हुँदैछ।...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र नभएका नागरिकलाई नागरिकता प्रमाणपत्रलगायत परिचय खुल्ने अन्य कागजातका...