सरकारले धितोपत्र बजारमा सूचीकरण भएका कम्पनीको शेयर बिक्रीबाट प्राप्त हुने लाभमा लाग्दै आएको अग्रिम करको दर घटाउने निर्णय गरेको छ।
नयाँ व्यवस्थाअनुसार ३६५ दिनभन्दा बढी अवधि शेयर स्वामित्वमा राखेर बिक्री गर्दा लाग्ने अग्रिम कर ७.५ प्रतिशतबाट घटाएर ३.५ प्रतिशत कायम गरिएको छ। त्यस्तै, ३६५ दिन वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको शेयर बिक्रीको लाभमा लाग्ने कर १० प्रतिशतबाट ५ प्रतिशत मा झारिएको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी निर्णय प्रक्रिया डिजिटल बनाउनेसम्बन्धी नियमावली स्वीकृत गर्नुका साथै विभिन्न सरकारी कर्मचारीको बढुवा र साउदी अरबमा मृत्यु वा घाइते भएका नेपालीको बिमा तथा क्षतिपूर्ति रकमसम्बन्धी कानुनी प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ।

