सुडानमा मानवीय सङ्कट पर्ने संयुक्त राष्ट्रसंघको चेतावनी

Published on

काठमाडौं । सुडानमा चलिरहेको युद्धले गम्भीर मानवीय सङ्कट आउन सक्ने मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त भोल्कर टर्कले चेतावनी दिनु भएको छ । उहाँले  मानव अधिकारको “विश्वास निर्माण गर्न र युद्धको अन्त्य गर्न, दिगो शान्ति निर्माणको सुरु गर्न” केन्द्रीत हुनुपर्नेमा जोड दिनु भएको छ । सुडानको पाँच दिने भ्रमणपछि केन्याको राजधानीमा पत्रकारसँगको साक्षातकारमा तुर्काले महत्वपूर्ण नागरिक पूर्वाधारमा आक्रमण भइ गम्भीर क्षति भएको बताउनु भएको उल्लेख गर्दै उस्तो चेतावनी दिनु भएको छ । राष्ट्रव्यापी रुपमा बिजुलीको ७०% आपूर्ति गर्ने हाइड्रोइलेक्ट्रिक पावर स्टेशन र एउटा प्रमुख मेरोवे बाँधमा द्रुत समर्थन बल (आरएसएफ)द्वारा प्रक्षेपण गरिएको ड्रोनले प्रहार गरेर क्षेतिग्रस्त बनाएको जनाएको छ । 

निरन्तरका आक्रमणले अस्पतालमा आवश्यक बिजुली प्रवाहमा बाधा पुर्याएको छ भने बालीका लागि सिँचाइमा बाधा पुर्याएको छ । नागरिकलाई  सफा पानीको पहुँचमा वञ्चित गरी रोग फैलाउन सजिलो बनाएको जनाइएको छ । यस्ता महत्वपूर्ण नागरिक पूर्वाधारमा भएका आक्रमण गम्भीर उल्लङ्घन भएको भन्दै उहाँले जसलाई युद्ध अपराध मान्न सकिने बताउनु भएको छ ।  सन् २०२३ अप्रिल-१५ मा सुडानी सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बिच लडाइँ सुरु भए पछिको द्वन्द्वले हजारौँ नागरिकको ज्यान लिएको छ भने लाखौँलाई हिंसाका कारण आफ्नो घर छोड्न बाध्य पारेको जनाइएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

वेल्जियमको लिग खेल्दै सन्दीप लामिछाने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बेल्जियमको इयू टी–२० लिग खेल्नुहुने भएको छ । नेपाली...

रेसुङ्गा पार्कले बढायो आन्तरिक पर्यटकको चहलपहल

काठमाडौं । गुल्मीको धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय स्थल रेसुङ्गा क्षेत्रको गर्जुरामा निर्माण भएको रेसुङ्गा...

महिला लिग : संकटाको विजयी सुरुवात

काठमाडौं । संकटा क्लबले सहिद स्मारक एन्फा महिला लिग फुटबलमा विजयी सुरुवात गरेको छ...

सरकारी अस्पतालमा उपचार गर्न सांसदलाई सभापति लामिछानेको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदलाई सार्वजनिक अभिव्यक्ति...