धनुषाका चार निर्वाचन क्षेत्रमा १५८ जनाको उम्मेदवारी दर्ता

Published on

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि धनुषाका चारवटै निर्वाचन क्षेत्रमा दलगत तथा स्वतन्त्र गरी १५८ जनाले उम्मेदवारी दर्ता गराएका छन्। मंगलबार उम्मेदवारी दर्ताका क्रममा बाहिर तामझाम देखिए पनि निर्वाचन कार्यालयभित्र सीमित व्यक्तिको प्रवेशमा शान्तिपूर्ण वातावरणमा प्रक्रिया सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन क्षेत्र–१ मा ४२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमध्ये २९ जना स्वतन्त्र र १३ जना दलगत उम्मेदवार छन् । 

दलगततर्फ एमालेबाट मधेश प्रदेशका निवर्तमान सभामुख रामचन्द्र मण्डल, नेकपाबाट मातृकाप्रसाद यादव, नेपाली कांग्रेसबाट राम पल्टन साह, जसपा नेपालबाट दीपक कार्की, रास्वपाबाट किशोरी साह कमल, जनमतबाट ब्रह्मदेव महतो, नेकपा ९माओवादी० बाट विहारी राय अमात, राप्रपाबाट मनोज मल्ल ठकुरी, उज्यालो नेपाल पार्टीबाट महेशकुमार यादव, ऐतिहासिक जनता पार्टीबाट बद्रिनारायण ठाकुर सोनार, मंगोल नेशनल अर्गनाइजेशनबाट रामबहादुर लामा र आम जनता पार्टीबाट इन्द्रजित साफीले उम्मेदवारी दिनुभएको छ । निर्वाचन क्षेत्र–२ मा ३४ जनाले उम्मेदवारी दिएका छन् । तीमध्ये २४ जना स्वतन्त्र र १० जना दलगत उम्मेदवार छन् । दलगततर्फ कांग्रेसका दिनेश परसैला, एमालेका उमाशंकर अरगरिया, जसपा नेपालका पशुपति यादव, नेकपाका रामचन्द्र झा, जनमतका सुरेन्द्रप्रसाद यादव, रास्वाका राम विनोद यादव, राष्ट्रिय मुक्ति पार्टी नेपालका विनोदकुमार ठाकुर र राप्रपाका महेश्वर यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन क्षेत्र–३ मा ४५ जनाको उम्मेदवारी परेको छ । जसमध्ये २९ जना स्वतन्त्र र १३ जना दलगत उम्मेदवार रहेका छन् । दलगततर्फ नेपाली कांग्रेसका पूर्व उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधि, एमालेबाट पूर्वमन्त्री जुली कुमारी महतो, रास्वपाका प्रवक्ता मनिष झा, जसपा नेपालबाट पूर्व प्रदेशसभा सदस्य परमेश्वर साह सुडी, जनमत पार्टीबाट गोपालप्रसाद साह, उज्यालो नेपाल पार्टीबाट प्रमोदकुमार साह, नेकपा ९माओवादी० बाट रमेन्द्रकुमार कर्ण र राष्ट्रिय मुक्ति पार्टी नेपालबाट राजिव झाले उम्मेदवारी दिएका छन् । 

यस्तै नेकपाबाट रामविलास मण्डल, आम जनता पार्टीबाट प्रदीप विक्रम साह, नेपाल जनता पार्टीबाट अमरेन्द्रकुमार झा, नेपाल मजदुर किसान पार्टीबाट गंगालक्ष्मी वैद्य, श्रम संस्कृति पार्टीबाट सदाम हुसैन, राष्ट्रिय निर्माण दलबाट सबनम खातुन साफी, राप्रपाबाट हुसैन कवारी तथा नेपालका लागि नेपाली पार्टीबाट चन्दनकुमार झाले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन क्षेत्र–४ मा ३७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये २४ जना स्वतन्त्र र १३ जना दलगत उम्मेदवार छन् । दलगततर्फ एमालेका उपमहासचिव एवं पूर्वमन्त्री रघुवीर महासेठ, नेपाली कांग्रेसका महेन्द्र यादव, जसपा नेपालका कृष्णचन्द्रप्रसाद साह, नेकपाका संजयकुमार महतो, नेकपा ९माओवादी० का देवनारायण शाह, जनमतका इन्द्रजितकुमार यादव, रास्वपाका राजकिशोर महतो, राष्ट्रिय मुक्ति पार्टी नेपालका महावीर यादव, राष्ट्रिय एकता दलका जितेन्द्र दास, प्रगतिशील लोकतान्त्रिक पार्टीका राकेशकुमार राय, राप्रपाका रामबाबु साह, मंगोल नेशनल अर्गनाइजेशनका सूर्यप्रसाद लामा र आम जनता पार्टीका सम्पत महतो कोइरीले उम्मेदवारी दिएका छन् । धनुषाको चारवटै क्षेत्रबाट महिला उम्मेदवारको संख्या दलगत र स्वतन्त्र गरी ११ जना रहेका छन् ।

निर्वाचन कार्यालयका अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारविरुद्ध उजुरी दिने अवधि माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म रहनेछ । सोही दिन दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयन पत्र तथा उजुरीमाथि जाँचबुझ गरी निर्णय गरिनेछ । माघ ८ गते बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने जनाइएको छ । यस्तै माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने निर्वाचन कार्यालयले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...