दुई लाख १४ हजार बराबरको अवैध मदिरासहित एक जना पक्राउ

Published on

काठमाडौं । पाँचथर प्रहरीले एउटा सार्वजनिक बसबाट नेपालमा बिक्रिका लागि प्रतिवनध लगाइएको सिक्किेम मदिरासहित एक जनालाई पक्राउ गरेको छ । मेची राजमार्गको पाँचथर खण्डअन्तर्गत फिदिम नगरपालिका ४ जोरसाल नजिकैबाट ५० कार्टुन मदिरासहित एकजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । काठमाडौँबाट ताप्लेजुङतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ५६१९ नम्बरको यात्रुबाहक बसमा लुकाएर लैजाँदै गरेको अवस्थामा उक्त मदिरा बरामद गरिएको पाँचथरका प्रहरी नायब उपरस्क्षक अनिषकुमार कर्णले जानकारी दिनुभयो । उहाँका अनुसार अवैध मदिरा लुकाइ–छिपाइ ल्याइएको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले चेकजाँच गर्ने क्रममा उक्त मदिरा पक्राउ गरिएको हो ।

मदिरासहित पाँचथरको हिलिहाङ गाउँपालिका–२ निवासी ३६ वर्षीय शंकर प्रसाईंलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान थालिएको कर्णको भनाइ छ । सिक्किमे ब्राण्डको उक्त मदिरा ५५ कार्टुनमा नौ हजार ६ सय ६ बोतल छ । जसको कम्पनीले तोकेको बजार मूल्य दुई लाख १४ हजार पर्ने प्रहरीले जनाएको छ । पक्राउ परेका प्रसाईं र बरामद मदिरालाई कानुनी कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय भद्रपुर, झापामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ । प्रहरीले अवैध मदिराको ओसारपसार नियन्त्रणका लागि निगरानी र चेकजाँचलाई निरन्तरता दिने जनाएको छ ।गोरखापत्र 

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...