च्याम्पियन्स लिग : बायर्न म्युनिक र लिभरपुल विजयी

Published on

काठमाडौं । बायर्न म्युनिक र लिभरपुलले युरोपियन च्याम्पियन्स लिगमा जित निकालेका छन् । बुधबार राति भएको खेलमा बायर्नले युनियन सेन्ट गिलोसमाथि २–० गोलको जित निकाल्दै अन्तिम १६ मा स्थान बनाएको छ । बायर्न म्युनिकको जितमा दुवै गोल ह्यारी केनले गर्नुभयो । जितसँगै १८ अङ्क बनाएको बायर्न म्युनिक दोस्रो स्थानमा उक्लिएको छ । यस्तै अर्को खेलमा लिभरपुलले मार्सेलीलाई ३–० गोलले हरायो । लिभरपुलको जितमा डोमिनिक सबोसलाई र कोडी गाक्पोले गोल गर्नुभयो ।

लिभरपुलले अर्को गोल विपक्षीबाट आत्मघाती उपहार पायो । यस जितसँगै १५ अङ्क बनाएको लिभरपुल चौथो स्थानमा छ । शीर्षस्थानमा रहेको आर्सनललको २१ अङ्क छ । बुधबार राति नै भएको अन्य खेलमा चेल्सीले पाफोसलाई १–०, न्युकासल युनाइटेडले पीएसभी आयनहोभनलाई ३–०, बार्सिलोनाले स्लाभिया प्रागलाई ४–२, युभेन्ट्सले बेनफिकालाई २–०, एथलेटिको बिलबाओले एटलान्टालाई ३–२ र कोराबागले फ्र्यान्कफर्टलाई ३–२ गोलले पराजित गरेको छ । गालाटासारे र एट्लेटिको म्याड्रिडले १–१ गोलको बराबरी खेले । गोरखापत्र

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...