टाइगर कप भलिबलमा न्युु डायमन्ड विजयी

Published on

काठमाडौं । पोखरामा जारी टाइगर कप भलिबलमा न्यु डायमन्ड स्पोर्टस् क्लबले जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा आइतबार पहिलो खेलमा महिलातर्फ न्यु डायमन्डले विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) माथि ३–० को सोझो सेटको जित निकालेको हो । न्यु डायमन्डले पहिलो सेट २५–१७, दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–२३ ले जित्यो । खेलमा प्लेयर अफ द म्याच न्यु डायमन्डकी सुमित्रा रेग्मी हुनुभयो ।

न्यु डायमण्डको यो लगातार दोस्रो जित हो । यसअघि भएको पहिलो खेलमा न्यु डायमन्डले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको थियो । एपिएफले भने पहिलो हार बेहोरेको छ । यसअघि एपिएफले थाइल्यान्ड क्विन्सलाई पाँचौं सेटमा पराजित गरेको थियो ।

आइतबार दोस्रो खेल महिलातर्फ नेपाल पुलिस क्लब र थाइल्यान्ड क्विन्सबिच हुनेछ । त्यसपछि पुरुषतर्फका खेल हुनेछन् । पुरुषतर्फको पहिलो खेलमा एपिएफ र पर्वत भलिबल संघ भिड्नेछन् । दोस्रो खेलमा पुलिस र आर्मी खेल्ने तालिका छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् । गोरखापत्र

spot_img

ताजा समाचार

वेल्जियमको लिग खेल्दै सन्दीप लामिछाने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बेल्जियमको इयू टी–२० लिग खेल्नुहुने भएको छ । नेपाली...

रेसुङ्गा पार्कले बढायो आन्तरिक पर्यटकको चहलपहल

काठमाडौं । गुल्मीको धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय स्थल रेसुङ्गा क्षेत्रको गर्जुरामा निर्माण भएको रेसुङ्गा...

महिला लिग : संकटाको विजयी सुरुवात

काठमाडौं । संकटा क्लबले सहिद स्मारक एन्फा महिला लिग फुटबलमा विजयी सुरुवात गरेको छ...

सरकारी अस्पतालमा उपचार गर्न सांसदलाई सभापति लामिछानेको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदलाई सार्वजनिक अभिव्यक्ति...