ट्रकको ठक्करबाट युवकको मृत्यु, एक घाइते

Published on

काठमाडौं । प्रसौनी गाउँपालिका-२ अन्तर्गत दुघौरा पुल नजिक भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। आइतबार बिहान ७ बजे वीरगञ्जबाट कलैयातर्फ जाँदै गरेको मधेस प्रदेश ०३-००२-ख ४१०२ नम्बरको ट्रकले विपरीत दिशाबाट आएको मधेश प्रदेश ०३-०२७ प ५८२९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। दुर्घटनामा स्कुटर चालक कलैया उपमहानगरपालिका-३ निवासी जय गुप्ताको २० वर्षीय छोरा आयुष गुप्ता गम्भीर घाइते भएका थिए । उहाँलाई उपचारका लागि एलएस न्युरो अस्पताल परवानीपुर लगिएकोमा ईसीजी परीक्षणपछि ८ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले बताउनुभयो ।

सोही स्कुटरमा पछाडि सवार वीरगञ्ज महानगरपालिका-१० घडिअर्वा निवासी बिनोद साह कानुको ३० वर्षीय छोरा मौसम कुमार साह घाइते भएका छन् । उहाँको दाहिने हात र टाउकोमा चोट लागेको र एलएस न्युरो अस्पतालमै उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । दुर्घटनापछि फरार रहेका ट्रक र रौतहटको चन्द्रपुर नगरपालिका-२ चौधरी टोलका २४ बर्षे चालक दिपेश चौधरीलाई कलैयाको हनुमान चोकबाट प्रहरीले खोजतलासका क्रममा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। गोरखापत्र

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...