निलाक्सी चन्द
कञ्चनपुर । भारतको ७७ औं गणतन्त्र दिवसको अवसरमा नेपालमा जिल्ला सैनिक बोर्ड, महेन्द्रनगर, कञ्चनपुर द्वारा विशेष कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा भारतीय सेनामा सेवा गरेका नेपाली भूपू सैनिकहरू सहभागी थिए। कार्यक्रममा नेपाली र भारतीय राष्ट्रिय गान, सैनिक अनुभव साझा, र युद्धमा ज्यान गुमाएका सैनिकहरूको सम्मानमा मौन धारण कार्यक्रम सम्पन्न भएको छ ।










