सन् २०२६ को सुरुवातमै भूमध्यसागरमा सयौं आप्रवासी बेपत्ता : संयुक्त राष्ट्रसङ्घ

Published on

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम)ले  सन् २०२६ को जनवरीमा मात्र डुङ्गा डुबेका कारण भूमध्यसागरमा सयौं आप्रवासी बेतत्ता भएको जनाएको छ । खराब मौसमले खोजी र उद्धार कार्यमा गम्भीर बाधा पुर्याएको उल्लेख गर्दै आइओएमले विज्ञप्ति मार्फत दुर्घटना प्रति गहिरो चिन्ता व्यक्त गरेको छ । आइओएमले रिपोर्टको अनुसन्धान गरिरहेको पुष्टि गर्दै सन् २०२६ को पहिलो हप्तामा मात्रै सयौँ मानिस हराएको हुन सक्ने जनाएको छ । आइओएमका प्रवक्ता जोर्गे गालिन्डोले दुईवटा जनवरी-२३ मा र एउटा जनवरी २५ मा गरी विगत १० दिनमा तीन वटा डुङ्गा डुबेको रिपोर्ट गरिएको उल्लेख गर्दै दुर्घटनामा १०४ जनाको ज्यान गएको बताउनु भएको छ । यी डुङ्गा लिबिया र ट्युनिसियाको तटबाट प्रस्थान गरेको आइओएमको अनुमान छ । 

लगभग ३८० बेपत्ता व्यक्तिको सङ्ख्या अनुमान गर्दै ट्युनिसियाबाट बेपत्ता भएका डुङ्गाको अनुसन्धान गरिरहेको प्रवक्ता अब्देल आजिमलले उल्लेख गर्नु भएको छ । आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठनको बेपत्ता आप्रवासी परियोजनाका तथ्याङ्क विश्लेषक मिरना अब्देल आजिमले यी व्यक्ति जनवरी १४ देखि २१ को बिचमा डुबेका नौ वटा विभिन्न डुङ्गामा रहेको बताउनु भएको छ । आइओएमले अहिलेसम्म जनवरी–२३ को घटनासँग सम्बन्धीत तीन जनाको मृत्यु भएको पुष्टि गर्न सफल भएको उहाँले बताउनु भएको छ । आइओएमले आफ्नो चेतावनी दिदै मध्य भूमध्यसागरीय आप्रवासन मार्ग विश्वको सबैभन्दा खतरनाक रहेको र गत वर्ष  मात्र यसमा एक हजार ३४० जनाको मृत्यु भएको जनाएको छ । बेपत्ता आप्रवासी परियोजनाका अनुसार सन् २०१४ देखि भूमध्यसागरमा ३३ हजार भन्दा बढी आप्रवासीको मृत्यु भएको वा बेपत्ता भएका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...