सन् २०२६ को सुरुवातमै भूमध्यसागरमा सयौं आप्रवासी बेपत्ता : संयुक्त राष्ट्रसङ्घ

Published on

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम)ले  सन् २०२६ को जनवरीमा मात्र डुङ्गा डुबेका कारण भूमध्यसागरमा सयौं आप्रवासी बेतत्ता भएको जनाएको छ । खराब मौसमले खोजी र उद्धार कार्यमा गम्भीर बाधा पुर्याएको उल्लेख गर्दै आइओएमले विज्ञप्ति मार्फत दुर्घटना प्रति गहिरो चिन्ता व्यक्त गरेको छ । आइओएमले रिपोर्टको अनुसन्धान गरिरहेको पुष्टि गर्दै सन् २०२६ को पहिलो हप्तामा मात्रै सयौँ मानिस हराएको हुन सक्ने जनाएको छ । आइओएमका प्रवक्ता जोर्गे गालिन्डोले दुईवटा जनवरी-२३ मा र एउटा जनवरी २५ मा गरी विगत १० दिनमा तीन वटा डुङ्गा डुबेको रिपोर्ट गरिएको उल्लेख गर्दै दुर्घटनामा १०४ जनाको ज्यान गएको बताउनु भएको छ । यी डुङ्गा लिबिया र ट्युनिसियाको तटबाट प्रस्थान गरेको आइओएमको अनुमान छ । 

लगभग ३८० बेपत्ता व्यक्तिको सङ्ख्या अनुमान गर्दै ट्युनिसियाबाट बेपत्ता भएका डुङ्गाको अनुसन्धान गरिरहेको प्रवक्ता अब्देल आजिमलले उल्लेख गर्नु भएको छ । आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठनको बेपत्ता आप्रवासी परियोजनाका तथ्याङ्क विश्लेषक मिरना अब्देल आजिमले यी व्यक्ति जनवरी १४ देखि २१ को बिचमा डुबेका नौ वटा विभिन्न डुङ्गामा रहेको बताउनु भएको छ । आइओएमले अहिलेसम्म जनवरी–२३ को घटनासँग सम्बन्धीत तीन जनाको मृत्यु भएको पुष्टि गर्न सफल भएको उहाँले बताउनु भएको छ । आइओएमले आफ्नो चेतावनी दिदै मध्य भूमध्यसागरीय आप्रवासन मार्ग विश्वको सबैभन्दा खतरनाक रहेको र गत वर्ष  मात्र यसमा एक हजार ३४० जनाको मृत्यु भएको जनाएको छ । बेपत्ता आप्रवासी परियोजनाका अनुसार सन् २०१४ देखि भूमध्यसागरमा ३३ हजार भन्दा बढी आप्रवासीको मृत्यु भएको वा बेपत्ता भएका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...