एरिका डब्लुकेएफ वरीयताको १३औँ स्थानमा

Published on

काठमाडौं । नेपालकी कराते स्टार एरिका गुरुङ डब्लुकेएफ वरीयताको १३औँ स्थानमा उक्लिनु भएको छ । विश्व करातेम महासङ्घ (डब्लुकेएफ) ले टर्कीको इस्तानबुलमा हालै सम्पन्न कराते वान प्रिमियर लिगमा रजक जितेपछि एरिकाको वरीयतामा सुधार आएको हो । एरिकाले महिला ६८ केजीमाथि तौल समूहमा रजक जित्नुभएको हो । 

पछिल्लो दुई वर्ष अन्तर्राष्ट्रिय कराते प्रतियोगिताहरूमा लगातार प्रतिस्पर्धा गर्दै आउनुभएकी एरिकाले यसअघि मोरक्कोको राबतमा भएको प्रिमियर लिग कांस्य पदक जित्नुभएको थियो । टर्कीमा उहाँले विश्वका शीर्ष वरियताका खेलाडीलाई हराउनुभएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

वेल्जियमको लिग खेल्दै सन्दीप लामिछाने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बेल्जियमको इयू टी–२० लिग खेल्नुहुने भएको छ । नेपाली...

रेसुङ्गा पार्कले बढायो आन्तरिक पर्यटकको चहलपहल

काठमाडौं । गुल्मीको धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय स्थल रेसुङ्गा क्षेत्रको गर्जुरामा निर्माण भएको रेसुङ्गा...

महिला लिग : संकटाको विजयी सुरुवात

काठमाडौं । संकटा क्लबले सहिद स्मारक एन्फा महिला लिग फुटबलमा विजयी सुरुवात गरेको छ...

सरकारी अस्पतालमा उपचार गर्न सांसदलाई सभापति लामिछानेको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदलाई सार्वजनिक अभिव्यक्ति...