दाङमै क्यान्सर उपचार सेवा

Published on

काठमाडौं । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सर उपचार सेवा सुरू हुने भएको छ । प्रतिष्ठान र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबिच आइतबार सम्पन्न सम्झौतापछि दाङमै क्यान्सर उपचारको बाटो खुलेको हो।

सम्झौतामा प्रतिष्ठानका निमित्त उपकुलपति तथा रजिस्ट्रार प्रा. श्याम लम्साल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले हस्ताक्षर गर्नुभएको छ । उक्त सम्झौता प्रतिष्ठानका निमित्त डिन प्राडा. रमेश कडेल र क्यान्सर अस्पतालका सहनिर्देशक डा. उमेश नेपालको उपस्थितिमा सम्पन्न भएको हो।

सम्झौता अनुसार क्यान्सर उपचार सेवा विस्तारसँगै जनशक्ति आदानप्रदान पनि गरिनेछ । सम्झौता कार्यान्वयनमा आएपछि साबिक राप्ती अञ्चलसहित सम्पूर्ण पश्चिम नेपालका नागरिकलाई घरआँगनमै क्यान्सर उपचार सेवा प्राप्त हुने सुविधा हुने प्रतिष्ठानका निमित्त उपकुलपति प्रा. लम्सालले बताउनुभयो । यसअघि क्यान्सर उपचारको सुविधा नहुँदा यहाँका नागरिकलाई उपचारका लागि राजधानी वा अन्य ठाउँ जानुपर्ने बाध्यता रहँदैआएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...