जेनजी आन्दोलनमा लुटिएको हतियारसहित दुई पक्राउ

Published on

काठमाडौं । जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफलसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । कास्की प्रहरीले महोत्तरी स्थायी घर भई हाल जिल्ला पोखरा–९, नयाँबजार बस्ने १८ वर्षीया रवि चौधरी र भारत घर भई हाल पोखरा–२, अर्चलबोट बस्ने वर्ष १८ को राज कुमारलाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले पोखरा–२, भीमसेन टोलमा हतियार लुकाइ छिपाइ राखेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले सोमबार दुई जनालाई पक्राउ गरेको जानकारी दिने भयो । हतियारसहित पक्राउ पर्नुभएका चौधरी र कुमारलाई मङ्गलबार कास्की जिल्ला अदालतबाट हातहतियार खरखजनासम्बन्धी कसुरमा छ दिन म्याद थप गरी अनुसन्धान जारी रहेको उहाँको भनाइ छ । 

बयानका क्रममा चौधरी र कुमारले गएको भदौ २४ गते जेनजी आन्दोलनको क्रममा हतियार लुटी लगेको स्वीकारेको प्रहरीले जनाएको छ । आन्दोलनका क्रममा जिल्ला प्रहरी कार्यालय आन्दोलनकारीले नियन्त्रणमा लिएका थिए भने हिरासतका बन्दी र कास्की कारागारका कैदी, बन्दी सबैलाई निकालेका थिए । गोरखापत्र

spot_img

ताजा समाचार

चितवनमा बाह्य खोप केन्द्र सञ्चालन नगरिने

काठमाडौं । पाठेघरको मुखमा हुने क्यान्सर हुन नदिने भ्याक्सिन एचपिभी खोप का लागि  चितवनमा ...

बाँकेमा दुई हजार तीन सय बढी अस्थायी मतदाता

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फ मतदान गर्नका लागि बाँकेमा...

२६ औँ बुढासुब्बा गोल्डकपको तयारी पुरा

काठमाडौं । २६ औं अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको सम्पूर्ण तयारी पुरा भएको छ ।...

बर्दिबासको चौबाटोमा सत्ता राजनीति : महोत्तरी–१ मा पार्टी होइन, पात्रको परीक्षा

काठमाडौं । पूर्वी नेपालको प्रवेशद्वार बर्दिबास अहिले केवल यात्रु र व्यापारको चहलपहलले होइन, राष्ट्रिय...