बाँकेमा दुई हजार तीन सय बढी अस्थायी मतदाता

Published on

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फ मतदान गर्नका लागि बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन गरेर नामावली प्रकाशित गरिएको छ । जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीले बाँके जिल्लामा हालसम्म सङ्कलन गरिएको सङ्ख्या अनुसार दुई हजार ३३८ जना अस्थायी मतदाता रहेको पाइएको र उनीहरूको नामावली प्रकाशित गरिएको बताउनुभयो । 

उहाँले जिल्लामा रहेका सुरक्षाकर्मीहरू, सबै सरकारी कर्मचारी, संस्थानका कर्मचारी, कारागारमा रहेका बाहिरी जिल्लाका कैदी बन्दीहरूको विवरण सङ्कलन गरेर नामावली प्रकाशित बताउनुभयो । यसअघि निर्वाचन कार्यालयले विभिन्न निकायसँग अस्थायी मतदाताको सङ्ख्या र नामावली माग गरेको थियो । ती मध्ये जनपद प्रहरीको नामावली अझै प्राप्त नभएकोले नामावली पाप्त भएपछि सो सङ्ख्या वृद्धि हुने जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ ।

सो कार्यालयका प्रमुख शाहीका अनुसार अस्थायी मतदाताका लागि कतिवटा र कुन कुन ठाउँमा अस्थायी मतदान केन्द्र राख्ने बारेमा पनि छलफल भइरहेको छ । उहाँले बाँकेमा यस पटक तीन लाख ५० हजार ३७१ जना मतदाता सङ्ख्या पुगेको जनाउँदै निर्वाचनका लागि १३९ मतदान स्थल र ४०० मतदान केन्द्र तोकिएको बताउनुभयो। 

जिल्ला सुरक्षा समिति बाँकेका अनुसार जिल्लाका आठ वटा पालिकाहरूमा कायम गरिएका १३९ वटा मतदान स्थलमध्ये ६१ वटा अति संवेदनशील र ५० वटा मतदान स्थललाई संवेदनशील तथा २८ मतदान स्थललाई सामान्य तोकेर सोही बमोजिमको सुरक्षा प्रबन्ध मिलाइँदै छ । गोरखापत्र

spot_img

ताजा समाचार

केन्जोको प्रतिमा निर्माण

काठमाडौं । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पदमचाल (केन्जो) फुलको प्रतिमा निर्माण गरेको छ । हिमाली...

जापानमा ताकाइचीको ठूलो जितको अपेक्षा

काठमाडौं । जापानका प्रधानमन्त्री साने ताकाइचीले आफ्नो दललाई महत्त्वाकांक्षी रूढीवादी राजनीतिक एजेन्डा अघि बढाउन...

फागुन ३ देखि म्याग्दीमा मतदाता शिक्षा अभियान

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी म्याग्दीमा मतदाता...

टी–२० विश्वकप : नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै इङ्ल्यान्ड

काठमाडौं । आइसिसी टी–२० विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा नेपालले अहिले दुई पटकको...