मधेशको भविष्य मधेशीकै हातमा छः जसपा अध्यक्ष यादव

Published on

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको विकास र सशक्तीकरण अब बाहिरी शक्तिको भरमा नभई मधेशी जनताकै नेतृत्व र पहलबाट सम्भव हुने बताउनुभएको छ । बुधबार जनकपुरधाममा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राज्य संरचनामै रहेको विभेदलाई पछाडि पार्दै मधेशको भविष्य मधेशी जनताले नै बनाउने बताउनुभएको हो । अध्यक्ष यादवले मधेशलाई राजनीतिक रूपमा कमजोर राख्न निर्वाचन प्रणालीमै असन्तुलन कायम गरिएको उल्लेख गर्नुभयो । उहाँले जनसङ्ख्याका आधारमा नभई भूगोलका आधारमा निर्वाचन क्षेत्र निर्धारण गरिँदा मधेशी जनताको मतको मूल्य घटाइएको उहाँको आरोप समेत थियो ।

सप्तरी–३ को उदाहरण दिँदै उहाँले एक लाखभन्दा बढी जनसङ्ख्या हुँदा पनि एउटै प्रतिनिधि सीमित हुनु, तर पहाडी क्षेत्रमा थोरै जनसङ्ख्यामा बढी प्रतिनिधित्व हुनु अन्यायपूर्ण भएको बताउनुभयो । उहाँले यस्तो अवस्थाका लागि ठुला राजनीतिक दलहरू जिम्मेवार रहेको दाबी समेत गर्नुभयो । एमाले, कांग्रेस र माओवादीले मधेशको राजनीतिक प्रभाव बढ्ने डरले जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्न नचाहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “मधेश बलियो हुन्छ भन्ने डरकै कारण सुधार अवरुद्ध गरिएको छ ।”

कांग्रेसमाथि मधेशी मत प्रयोग गरेर सत्ता पुग्ने तर मधेशका मुद्दा बेवास्ता गर्ने आरोप लगाउँदै उहाँले नयाँ राजनीतिक शक्तिहरू पनि पुरानै धारमा हिँडिरहेको टिप्पणी गर्नुभयो । कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टीका नेता संजय चौधरी, संजय सिंह, कामेश्वर झालगायतै नेता–कार्यकर्ता जसपा नेपालमा प्रवेश गरेका छन् । नवप्रवेशीहरूलाई स्वागत गर्दै यादवले मधेश केन्द्रित राजनीतिक एजेन्डालाई अझ सशक्त बनाउने दाबी समेत गर्नुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...