बागलुङमा निर्वाचन आचारसंहिता सम्बन्धी अन्तरक्रिया

Published on

काठमाडौं । बागलुङमा निर्वाचन आचारसंहिता २०८२ सम्बन्धी सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गरिएको छ । निर्वाचन कार्यालय बागलुङको आयोजनामा अन्तरक्रिया कार्यक्रम गरिएको हो । अन्तरक्रियामा बोल्दै मुख्य निर्वाचन अधिकृत सिता शर्मा अधिकारीले आचार संहितालाई कार्यान्वयन गर्ने सबैको दायित्व हुने बताउनुभयो । ‘दल, उम्मेदवार, मतदाता, नागरिक, सञ्चारकर्मी सबैले निर्वाचन आचार संहिता कार्यान्वयन गर्नुपर्छ ।’ उहाँले भन्नुभयो, ‘निर्वाचनलाई निश्पक्ष र भयरहित बनाउने सबैले आचार संहिता पालना गर्नुपर्छ ।’

उहाँले सञ्चारकर्मी सहित सबै पक्षसँग समन्वय गरेर अघि बढ्ने बताउनुभयो । कार्यक्रम प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले निर्वाचन आचारसंहिता उल्लंघन गरे जवाफदेही गराउने बताउनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी नवराज रिजालले निर्वाचन आचारसंहिता उल्लंघनबारे एउटा उजुरी परेको र त्यो पनि सम्बोधन गरिएको बताउनुभयो । उहाँले लिखित र मौखिक कुनैपनि रुपमा आचार संहिता उल्लंघनका घटनाबारे उजुरी नपरेको बताउनुभयो ।

सञ्चारकर्मीहरुले स्थानीय तहका प्रमुख तथा प्रतिनिधिले निर्वाचन आचार संहिताको उल्लंघन गरि सवारीसाधन प्रयोग गर्ने गरेको, आम सभा गरिएको लगायतका विषयमा प्रश्न  उठाएका थिए । कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय बागलुङका निर्वाचन अधिकारी यज्ञ प्रसाद रिजालले निर्वाचन आचारसंहिता २०८२ बारे जानकारी गराउनुभएको थियोे । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...