बागलुङमा निर्वाचन आचारसंहिता सम्बन्धी अन्तरक्रिया

Published on

काठमाडौं । बागलुङमा निर्वाचन आचारसंहिता २०८२ सम्बन्धी सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गरिएको छ । निर्वाचन कार्यालय बागलुङको आयोजनामा अन्तरक्रिया कार्यक्रम गरिएको हो । अन्तरक्रियामा बोल्दै मुख्य निर्वाचन अधिकृत सिता शर्मा अधिकारीले आचार संहितालाई कार्यान्वयन गर्ने सबैको दायित्व हुने बताउनुभयो । ‘दल, उम्मेदवार, मतदाता, नागरिक, सञ्चारकर्मी सबैले निर्वाचन आचार संहिता कार्यान्वयन गर्नुपर्छ ।’ उहाँले भन्नुभयो, ‘निर्वाचनलाई निश्पक्ष र भयरहित बनाउने सबैले आचार संहिता पालना गर्नुपर्छ ।’

उहाँले सञ्चारकर्मी सहित सबै पक्षसँग समन्वय गरेर अघि बढ्ने बताउनुभयो । कार्यक्रम प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले निर्वाचन आचारसंहिता उल्लंघन गरे जवाफदेही गराउने बताउनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी नवराज रिजालले निर्वाचन आचारसंहिता उल्लंघनबारे एउटा उजुरी परेको र त्यो पनि सम्बोधन गरिएको बताउनुभयो । उहाँले लिखित र मौखिक कुनैपनि रुपमा आचार संहिता उल्लंघनका घटनाबारे उजुरी नपरेको बताउनुभयो ।

सञ्चारकर्मीहरुले स्थानीय तहका प्रमुख तथा प्रतिनिधिले निर्वाचन आचार संहिताको उल्लंघन गरि सवारीसाधन प्रयोग गर्ने गरेको, आम सभा गरिएको लगायतका विषयमा प्रश्न  उठाएका थिए । कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय बागलुङका निर्वाचन अधिकारी यज्ञ प्रसाद रिजालले निर्वाचन आचारसंहिता २०८२ बारे जानकारी गराउनुभएको थियोे । गोरखापत्र

spot_img

ताजा समाचार

आन्तरिक वायुसेवा कम्पनी स्वीकृत भाडादरको न्यूनतम मूल्यमा टिकट बेच्न सहमत

काठमाडौँ - चाडपर्वका बेला हवाई भाडा महँगो भएको गुनासो बढेपछि आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत...

कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि बिहान ७ बजेदेखि मतदान सुरू

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मतदान सुरू भएको छ।...

आजबाट दसैँका लागि अग्रिम बस टिकट बुकिङ खुला, नयाँ बसपार्कमा यात्रुको भीड

काठमाडौँ - दसैँ मनाउन घर जाने यात्रुका लागि आजदेखि लामो दूरीका सार्वजनिक यातायातको अग्रिम...

कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान...