सुर्तीजन्य पदार्थ ऐन २०६८ पालन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

Published on

काठमाडौं । सरकारले सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन)ऐन २०६८ का प्रावधानहरु पूर्णरुपमा पालन गर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना जारी गर्दै सुर्तीजन्य पदार्थ  ऐन २०६८ का प्रावधानहरु पूर्णरुपमा पालन गर्न आग्रह गरेको हो। कानुनले अन्य व्यक्तिलाई असर पर्ने गरी धूम्रपान गर्न निषेध गरेको छ । उक्त ऐन पूर्णरुपमा पालन नगरेमा सजाय र जरिवाना हुने मन्त्रालयले चेतावनी दिएको छ । सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गरेमा एक सय रुपियाँ जरिवाना वा हाताबाट निष्कासन वा दुवैको सजाय र जरिवानाको व्यवस्था गरिएको छ । कुनै पनि सञ्चार माध्यमबाट सुर्तीजन्य पदार्थको विज्ञापन, कार्यक्रम समाचार सूचना सम्प्रेषण वा प्रायोजन गर्न पाइँदैन तर, यदि गरेमा एक लाख रुपियाँसम्म जरिवाना तोकेको छ । 

१८ वर्ष उमेर नपुगेका व्यक्ति र गर्भवतीलाई सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न, गराउन वा नि शुल्क उपलब्ध गराएमा १० हजार रुपियाँसम्म जरिवानाको सजाय तोकेको छ । सुर्तीजन्य पदार्थप्रति आकर्षण हुने गरी सजावट वा प्रदर्शन गर्नेलाई १० हजार रुपियाँसम्मको जरिवाना हुने व्यवस्था गरेको छ । फुटकर रुपमा चुरोट, बिँड वा सिगारको खिल्ली बिक्री वितरण गर्ने र निःशुल्क सुर्तीजन्य पदार्थ वितरण गर्ने वा उपहार दिएमा १० हजार रुपियाँसम्मको जरिवाना तोकेको छ । कार्यालय र सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्ती सेवन निषेधको सूचना टाँस गर्नुपर्छ । यदि नगरेमा पाँच हजारसम्मको सजाय र जरिवानाको व्यवस्था गरेको छ । त्यस्तै, सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न इजाजत पत्र अनिवार्य लिनुपर्ने व्यवस्था अनिवार्य गरिएको छ । यदि नगरेमा १० हजार रुपियाँसम्मको जरिवानाको व्यवस्था गरेको सूचनामा उल्लेख छ । गोरखापत्र

spot_img

ताजा समाचार

रामेछापको मन्थलीमा यात्रुवाहक बस तामाकोशीमा खस्यो, ६ जनाको मृत्यु, ५ घाइते

काठमाडौं । काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको यात्रुवाहक बस रामेछाप जिल्लाको मन्थली नगरपालिका–६ त्रिवेणी घाटमा...

दार्चुलामा जनपद प्रहरी हवल्दार मृत फेला, घटनामा शङ्का बढेपछि दुई जना पक्राउ

काठमाडौं । दार्चुलामा जनपद प्रहरीका एक हवल्दार मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी...

निर्वाचन स्वच्छ र विश्वसनीय बनाउन आचारसंहिताको कडाइ आवश्यक : आयुक्त तुलाधर

काठमाडौं । निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले निर्वाचनलाई स्वच्छ, पारदर्शी र विश्वसनीय बनाउन निर्वाचन...

काठमाडौं महानगरमा विद्यालय केन्द्रित एचपीभी खोप अभियान व्यवस्थित गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विद्यालय केन्द्रित एचपीभी (HPV) खोप अभियानलाई...