चितुवाको आक्रमणबाट एक युवाको मृत्यु

Published on

काठमाडौं । बर्दियामा सामुदायिक वनमा घाँस काट्न गएको बेलामा चितुवाले आक्रमण गर्दा एक युवाको मृत्यु भएको छ। गुलरिया नगरपालिका–५ तुल्सीपुरका ३५ वर्षीय नन्दु रोकायको चितुवाको आक्रमणबाट मृत्यु भएको हो। 

बारबर्दिया नगरपालिका–११ भेलभार स्थित जनजागृति सामुदायिक वनमा घाँस काट्न गएको बेला चितुवाले आक्रमण गर्दा रोकायको घटनास्थलमै मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी शिवबहादुर केसीले बताउनुभयो। 

गत माघ ७ गते सोही क्षेत्र आसपासमा तोरीबारीमा काम गर्ने क्रममा चितुवाको आक्रमणबाट बारबर्दिया नगरपालिका–११ बेलभारकी खिदनी थारूको मृत्यु भएको थियो। गोरखापत्र

spot_img

ताजा समाचार

आन्तरिक वायुसेवा कम्पनी स्वीकृत भाडादरको न्यूनतम मूल्यमा टिकट बेच्न सहमत

काठमाडौँ - चाडपर्वका बेला हवाई भाडा महँगो भएको गुनासो बढेपछि आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत...

कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि बिहान ७ बजेदेखि मतदान सुरू

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मतदान सुरू भएको छ।...

आजबाट दसैँका लागि अग्रिम बस टिकट बुकिङ खुला, नयाँ बसपार्कमा यात्रुको भीड

काठमाडौँ - दसैँ मनाउन घर जाने यात्रुका लागि आजदेखि लामो दूरीका सार्वजनिक यातायातको अग्रिम...

कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान...