लमजुङमा निर्वाचनका लागि एक हजार ७५० कर्मचारी खटाइने

Published on

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा लमजुङमा स्वयंसेवकसहित एक हजार ७५० कर्मचारी खटाइने भएको छ । एउटा निर्वाचन क्षेत्र भएको लमजुङमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारीहरू गरी करिब एक हजार ७५० कर्मचारी खटाइने भएको हो । लमजुङमा १३० मतदान मतदान स्थल, १९२ मतदान केन्द्र र एउटा अस्थायी मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारीहरू खटाइने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । लमजुङमा १९३ मतदान अधिकृत, १९३ सहायक मतदान अधिकृतसँगै एउटा मतदान केन्द्र, सहायक कर्मचारी र स्वयमसेवक तीन, तीन जना र एक जना कार्यालय सहयोगरी गरी नौ जना कर्मचारी खटाइने तयारी गरिएको सहायक निर्वाचन अधिकृत रामबन्धु गौतमले बताउनुभयो ।

निजामती कर्मचारीबाट मतदान अधिकृत र सहायक मतदान अधिकृतमा प्राथमिकता दिइएको र अपुग कर्मचारीलाई शिक्षकबाट ल्याउने तयारी गरिएको छ । मतदान स्थलको पहिलो घेरा र मतपेटिकाको सुरक्षामा नेपाल प्रहरी खटिने भए पनि बाहिरी घेरामा आवश्यकताका आधारमा सशस्त्र प्रहरी र नेपाली सेनासमेत खटिने भएको छ । लमजुङमा ३० मतदान स्थल अति संवेदनशीलको सूचीमा रहेका छन् । सुरक्षा चुनौतीको आधारमा मतदान स्थललाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरिएको छ । जसमध्ये सुरक्षा निकायको रिपोर्टको आधारमा लमजुङमा ३० मतदान स्थललाई अति संवेदनशीलको सूचीमा राखिएको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको हो । ७७ मतदान स्थललाई संवेदनशीलको सूचीमा राखिएको छ । २३ मतदान स्थल सामान्य रहेको सुरक्षा समितिको विश्लेषण छ ।

लमजुङमा एक लाख ३७ हजार १२४ जना मतदाता रहेका छन् । जसमा महिला मतदाता ६९ हजार ५२४ र पुरुष मतदाता ६७ हजार ६०० जना रहेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तुलनामा यसपटक मतदाताको सङ्ख्या तीन हजार ४०७ जनाले बढेको छ । गत २०७९ को निर्वाचनमा एक लाख ३३ हजार ७१७ जना मतदाता रहेका थिए । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...