झापामा घिमिरेले डिजिटल माध्यममार्फत मतदातासँग सुझाव संकलन सुरु

Published on

काठमाडौं । क्षेत्र नं २ बाट नेकपा (एमाले) तर्फका उम्मेदवार तथा निवर्तमान सभामुख देवराज घिमिरेले आफ्नो चुनावी अभियान प्रविधिमैत्री बनाउन थालेका छन्। घिमिरेले मतदाताका घरदैलो भ्रमण गर्ने परम्परागत शैलीसँगै डिजिटल माध्यम पनि सक्रिय रूपमा प्रयोग गर्दै सुझाव संकलन सुरु गर्नुभएको हो। उहाँले क्युआर कोड र वेबसाइट लिङ्कमार्फत मतदाताहरूलाई आगामी कार्यकाल (२०८२–८७) का लागि बनाइने प्रतिबद्धतापत्र तयार पार्न आफ्नो विचार र सुझाव दिन आग्रह गर्नुभएको छ।

उम्मेदवार घिमिरेका अनुसार, जनताका वास्तविक समस्या र आवश्यकतालाई प्रत्यक्ष समेट्न यही प्रविधि अपनाइएको हो। स्थानीय विकास, पूर्वाधार, शिक्षा र अन्य क्षेत्रका मुद्दामा मतदातासँगको संवादलाई उहाँले आफ्नो मार्गचित्र निर्माणमा प्राथमिकता दिने बताउनुभएको छ। गत निर्वाचनमा झापा क्षेत्र नं २ बाट निर्वाचित भई सभामुखको भूमिका सफलतापूर्वक निर्वाह गर्नुभएका घिमिरे यस पटक पनि अनुभवी र प्रविधिमैत्री उम्मेदवारका रूपमा प्रस्तुत हुनुभएको छ।

spot_img

ताजा समाचार

रामेछापको मन्थलीमा यात्रुवाहक बस तामाकोशीमा खस्यो, ६ जनाको मृत्यु, ५ घाइते

काठमाडौं । काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको यात्रुवाहक बस रामेछाप जिल्लाको मन्थली नगरपालिका–६ त्रिवेणी घाटमा...

दार्चुलामा जनपद प्रहरी हवल्दार मृत फेला, घटनामा शङ्का बढेपछि दुई जना पक्राउ

काठमाडौं । दार्चुलामा जनपद प्रहरीका एक हवल्दार मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी...

निर्वाचन स्वच्छ र विश्वसनीय बनाउन आचारसंहिताको कडाइ आवश्यक : आयुक्त तुलाधर

काठमाडौं । निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले निर्वाचनलाई स्वच्छ, पारदर्शी र विश्वसनीय बनाउन निर्वाचन...

काठमाडौं महानगरमा विद्यालय केन्द्रित एचपीभी खोप अभियान व्यवस्थित गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विद्यालय केन्द्रित एचपीभी (HPV) खोप अभियानलाई...