म्याग्दीमा तालिम प्राप्त निर्वाचन प्रहरी कार्यक्षेत्रमा परिचालन

Published on

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न म्याग्दीमा तालिम प्राप्त निर्वाचन प्रहरीलाई कार्यक्षेत्रमा परिचालन गर्न थालिएको छ । दस दिने तालिम पूरा गरेका ८ सय ६१ निर्वाचन प्रहरीलाई घरपायक पर्ने इलाका तथा प्रहरी चौकीसँग समन्वय गरी सुरक्षाको जिम्मेवारीमा परिचालन गर्न लागिएको हो । तालिम लिएका निर्वाचन प्रहरीलाई भोली बुधबार देखि घरपायक पर्ने इलाका तथा प्रहरी चौकीहरुमा निर्वाचन सुरक्षाको गस्तीका लागि प्रहरी सँगै खटाइने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक सूर्यबहाद्ुर थापाले बताउनुभयो । मंगलबार तालिमको समापन कार्यक्रममा जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले निर्वाचनलाई निष्पक्ष,स्वतन्त्र,शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्ने महत्वपूर्ण जिम्मेवारी निर्वाचन प्रहरीको भएको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचन प्रहरीले आफ्नो कार्यक्षेत्रमा इमान्दारीता पूर्वक क्षमता प्रदर्शन गर्नुहुने छ । निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न यहाँहरुले योगदान पु¥याउनु हुने छ । जसको राज्यले उच्च कदर गर्ने छ ।”

प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले निर्वाचनमा खटिने निर्वाचन प्रहरीले अनुशासित भएर आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभयो । उहाँले राम्रो सँग जिम्मेवारी निर्वाह गर्ने निर्वाचन प्रहरीलाई प्रशंसापत्र प्रदान गर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘‘निर्वाचन प्रहरी पनि सुरक्षाको एउटा अङ्ग हो । निर्वाचनलाई सफल रुपमा सम्पन्न गर्ने महत्वपूर्ण जिम्मेवारी यहाँहरुको काँधमा छ । ४० दिने जागिर मात्र नभएर यो देशका लागि योगदान गर्ने अवसर पनि हो । यहाँहरुको सकरात्मक प्रयासले मुलुकमा निर्वाचन सम्पन्न भई नयाँ जनप्रतिनिधि चयन हुने छन् । जसले गर्दा मुलुक नयाँ बाटोमा अगाडी बढ्ने छ ।’’ कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी बिमलप्रसाद गौतम, श्री गुरु गोरख गुल्म, अर्थुङ्गे ब्यारेकका प्रमुख राकेश बस्नेत, सशस्त्र प्रहरी बल, आश्रित गुल्म गलेश्वर म्याग्दीका शसस्त्र प्रहरी नायव उपरीक्षक लिला बहादुर भुजेल र राष्ट्रिय अनुशन्धान कार्यालय म्याग्दीका प्रमुख अनुशन्धान अधिकृत विजय पौडेलले निर्वाचनलाई सफल बनाउन निर्वाचन प्रहरीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो।  

प्रहरी नायव उपरीक्षक थापाले निर्वाचनका समयमा खटिने सुरक्षाकर्मीहरुसँगको समन्वयमा निर्वाचन प्रहरीले निष्पक्ष भएर काम गर्नुपर्ने बताउनुभयो । निर्वाचन प्रहरीले सुरक्षाकर्मीसँग मिलेर मतदानस्थलको सुरक्षा,भयरहित वातावरण बनाउन सहयोग र मतपेटिकाको ढुवानी लगायतका विषयहरुमा सहयोग पुर्‍याउनु पर्ने बताउनुभयो ।  तालिम अवधिभर निर्वाचन प्रहरीलाई मतदानस्थलको जानकारी,सुरक्षा,भीड नियन्त्रण गर्ने तरिका,निर्वाचन ऐन कानुन सम्बन्धी जानकारी लगायतका विषयमा तालिम प्रदान गरिएको थियो । म्याग्दीमा ८ सय ६१ निर्वाचन प्रहरी भर्ना गरिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

रामेछापको मन्थलीमा यात्रुवाहक बस तामाकोशीमा खस्यो, ६ जनाको मृत्यु, ५ घाइते

काठमाडौं । काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको यात्रुवाहक बस रामेछाप जिल्लाको मन्थली नगरपालिका–६ त्रिवेणी घाटमा...

दार्चुलामा जनपद प्रहरी हवल्दार मृत फेला, घटनामा शङ्का बढेपछि दुई जना पक्राउ

काठमाडौं । दार्चुलामा जनपद प्रहरीका एक हवल्दार मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी...

निर्वाचन स्वच्छ र विश्वसनीय बनाउन आचारसंहिताको कडाइ आवश्यक : आयुक्त तुलाधर

काठमाडौं । निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले निर्वाचनलाई स्वच्छ, पारदर्शी र विश्वसनीय बनाउन निर्वाचन...

काठमाडौं महानगरमा विद्यालय केन्द्रित एचपीभी खोप अभियान व्यवस्थित गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विद्यालय केन्द्रित एचपीभी (HPV) खोप अभियानलाई...