बागलुङको जैमिनी–४ सर्कुवामा पिकअप जिप दुर्घटना, सहचालक घाइते

Published on

काठमाडौं । बागलुङको जैमिनी नगरपालिका–४ सर्कुवामा पिकअप जिप दुर्घटना हुँदा एक जना सहचालक घाइते भएका छन्। बेलबगरबाट सर्कुवातर्फ जाँदै गरेको लु ०१००१ च ३०५९ नम्बरको पिकअप जिप दुर्घटनामा परेपछि सहचालक जैमिनी नगरपालिका–४ का २० वर्षीय सुनिल नेपाली घाइते भएको प्रहरी चौकी कुश्मीसेराले जनाएको छ।

प्रहरी सहायक निरीक्षक सन्तोषकुमार पाण्डेका अनुसार घाइते नेपालीको खुट्टामा चोट लागेको छ र थप उपचारका लागि पोखरा पठाइएको छ। दुर्घटना राति करिब ११ बजे भएको हो। रोकिराखिएको अवस्थामा रहेको पिकअप जिप सडकबाट करिब ५० मिटर तल खसेर रुखमा अड्किएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...