सशस्त्र प्रहरीमाथि हातपात र ढुङ्गामुढा गर्ने चार जना पक्राउ

Published on

काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साले सशस्त्र प्रहरी बलमाथि हातपात तथा ढुङ्गामुढा गर्ने चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार सशस्त्र प्रहरी प्रस्तावित सीमा सुरक्षा बल बीरगञ्ज भन्सार कार्यालयले सोमबार बिहान विशेष सूचनाका आधारमा बीरगञ्ज महानगरपालिका वडा नं. १० आदर्श नगरस्थित मदन गुप्ताको घरमा रहेको ‘सबिता ट्रेडर्स’को गोदाममा छापा मारेको थियो। सो क्रममा केही व्यवसायी तथा स्थानीय व्यक्तिहरूले सशस्त्र प्रहरीको टोलीमाथि हातपात र ढुङ्गामुढा गरेका थिए।

घटनामा सशस्त्र प्रहरीका तीन जना सदस्य घाइते भएका छन्। घाइते हुनेमा सशस्त्र प्रहरी सहायक निरीक्षक महम्मद मुस्ताक अली, सशस्त्र प्रहरी जवान जितेन्द्र प्रसाद सहनी र सशस्त्र प्रहरी सहायक हवल्दार जितेन्द्र पासवान रहेका छन्। साथै, एफ ए ए ०१२५ नम्बरको मिनी ट्रक र ना १ ज १५३१ नम्बरको स्कारपियो गाडीको अगाडिको सिसा फुटेको प्रहरीले जनाएको छ। सिमा सुरक्षा बल नेपाल हेडक्वार्टर गण १३ पर्साका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक मोहन बहादुर क्षेत्रीका अनुसार सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीको नेतृत्वमा गएको टोलीमाथि आक्रमण भएपछि स्थिति नियन्त्रणमा लिइएको हो।

प्रहरीले घटनामा संलग्न चार जनालाई पक्राउ गरेको छ भने अन्य संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेकाले हाल नाम सार्वजनिक नगरिएको सूचना अधिकारी बस्नेतले बताउनुभयो। छापाका क्रममा सशस्त्र प्रहरीले करिब १२ लाख ७२ हजार रुपैयाँ बराबरका साडी तथा अन्य कपडा बरामद गरी आवश्यक कारबाहीका लागि बीरगञ्ज भन्सार कार्यालयमा बुझाएको जानकारी पनि दिइएको छ।

spot_img

ताजा समाचार

रामेछापको मन्थलीमा यात्रुवाहक बस तामाकोशीमा खस्यो, ६ जनाको मृत्यु, ५ घाइते

काठमाडौं । काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको यात्रुवाहक बस रामेछाप जिल्लाको मन्थली नगरपालिका–६ त्रिवेणी घाटमा...

दार्चुलामा जनपद प्रहरी हवल्दार मृत फेला, घटनामा शङ्का बढेपछि दुई जना पक्राउ

काठमाडौं । दार्चुलामा जनपद प्रहरीका एक हवल्दार मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी...

निर्वाचन स्वच्छ र विश्वसनीय बनाउन आचारसंहिताको कडाइ आवश्यक : आयुक्त तुलाधर

काठमाडौं । निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले निर्वाचनलाई स्वच्छ, पारदर्शी र विश्वसनीय बनाउन निर्वाचन...

काठमाडौं महानगरमा विद्यालय केन्द्रित एचपीभी खोप अभियान व्यवस्थित गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विद्यालय केन्द्रित एचपीभी (HPV) खोप अभियानलाई...