बेथिति र अव्यवस्थाको लोडसेडिङ अन्त्य गर्छौं : अध्यक्ष घिसिङ

Published on

काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले आफ्नो पहलमा विद्युत क्षेत्रमा लोडसेडिङ अन्त्य गरेको जनताले बुझेको बताउँदै अब मुलुकका अन्य क्षेत्रमा रहेको “लोडसेडिङ” अन्त्य गर्ने बताउनुभएको छ । उहाँले राजनीतिक लगायतका क्षेत्रमा देखिएको लोडसेडिङ अन्त्यका लागि राजनीतिक अभियान सुरु गरेको बताउनुभएको हो । “देशका विभिन्न क्षेत्रमा देखिएको बेथिति र अव्यवस्थाको लोडसेडिङ अन्त्य गर्न हामी अघि बढेका छौं”, उहाँले भन्नुभयो । चुनावी अभियानमा झापाको दमकमा आउनु भएका घिसिङले आफूले गरेको कामको मूल्याङ्कन गरेर जनताले बिश्वास गर्ने र उक्त विश्वासलाई विश्वासघात नगर्ने जनाउनुभएको छ । “आफू कामबाट प्रमाणित नेतृत्व भएकाले जनताले निर्वाचनमार्फत जिम्मेवारी दिनेमा आशाबादी रहेको उहाँले जनाउनुभयो । हामी भाषण गरेर वा सामाजिक सञ्जालमा लेखेर आएका होइनौं”, उहाँले भन्नुभयो ।

घिसिङले फागुन २१ को निर्वाचनपछि जनताबाट अनुमोदित भएर मूलकको नेतृत्व आफूले गर्ने बताउनुभएको छ । घिसिङले आफू प्रधानमन्त्री भएर मूलकको नेतृत्व गर्ने र नेपाललाई भ्रष्टाचारमुक्र नेपाल बनाउने बताउनुभएको थियो । झापाको क्षेत्र नं. ५ मा राष्ट्रिय परिवर्तन पार्टीका उम्मेद्वारलाई उज्यालो नेपाल पार्टीले समर्थन गरेको छ । जेएनजी आन्दोलनपछि वैकल्पिक शक्तिका रूपमा आएको राष्ट्रिय परिवर्तन पार्टी जेएनजीहरुको पार्टी भएको दाबी गरिएको छ । कार्यक्रममा राष्ट्रिय परिवर्तन पार्टीका अध्यक्ष राजेश पटेलले पनि सम्बोधन गर्दै परिवर्तनका लागि नयाँ पुस्ताको नेतृत्व आवश्यक रहेको बताउनु भयो । उहाँले जेएनजीको आन्दोलनको क्रममा खुट्टा गुमाउनुभएको छ । 

उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीको समर्थनमा झापा–५ बाट युवा उम्मेदवार सविन चाम्लिङ राई उम्मेदवार रहनु भएको छ । उहाँले नियमित रुपमा घरदैलो सहितको चुनावी कार्यक्रमलाई तिब्रता दिँदै आउनुभएको छ । झापा क्षेत्र नं. ५ मा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको उम्मेद्वारीको विषयमा बढी चर्चा हुँदा अन्य उम्मेदवारहरु ओझेलमा पर्ने गरेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...