प्रविधिमैत्री सूचना प्रणालीमार्फत प्रहरी सञ्चार सहकार्य

Published on

काठमाडौं । आधुनिक सूचना प्रविधिको प्रभावकारी प्रयोग गरी समाचार सङकलन र सम्पे्रषण प्रक्रियालाई थप छरितो, व्यवस्थित तथा विश्वसनीय बनाउने विषयमा जिल्लास्थित नेपाल प्रहरी र सञ्चारकर्मीबिच छलफल भएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाको समन्वयमा सदरमुकाम धुन्चेमा सम्पन्र भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सुरक्षा निकाय र सञ्चार क्षेत्रबिच सूचना आदान प्रदानलाई प्रविधिमैत्री बनाउँदै आपसी सहकार्यलाई संस्थागत रुपमा अघि बढाउनु पर्नेमा जोड दिइएको छ । वक्ताहरुले सन्तुलित, तथ्यमा आधारित सूचनाको प्रवाहले सार्वजनिक हित र सुशासन प्रवर्धनमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेका छन् । कार्यक्रममा जिल्ला प्रहरी प्रमुख नायब उपरीक्षक अशोक थापाले जिम्मेवारी सम्हालेसँगै सञ्चारकर्मीसँग नियमित समन्वय र संवादलाई प्राथमिकता दिइएको बताउनुभयो । 

उहाँले जिल्लामा शान्ति सुरक्षा तथा सार्वजनिक सरोकारका विषयमा महत्वपूर्ण सूचना प्राप्त हुनासाथ सञ्चार माध्यममार्फत नागरिकलाई अवगत गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । दुर्गम हिमाली जिल्ला रसुवामा सूचनाको पहुँच सहज बनाउन सञ्चारकर्मीलाई डिजिटल सञ्जाल, विशेषतः ह्वाट्सएप समूहमार्फत एकै पटक सूचना प्रवाह गर्ने व्यवस्था मिलाइने जानकारी दिनुभयो । साथै, सञ्चारकर्मीले आफूहरुसँग उपलब्ध समाचारउपयोगी तथा सार्वजनिक सरोकारका सूचना सुरक्षा निकायसँग समयमै साझेदारी गर्ने प्रतिबद्धता जनाउनुभयो । प्रहरी सञ्चारकर्मीबिचको पारस्परिक विश्वास र सहकार्यले तथ्यपरक, आधिकारिक र जिम्मेवार पत्रकारितालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ ।

यसैबिच आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षितगरी जिल्लाभर व्यापक सुरक्षा तयारी गरिएको जिल्ला प्रहरी कार्यालयका रसुवाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजु शाहले जानकारी दिनुभयो । शाहका अनुसार निर्वाचन सुरक्षाका लागि ७५ महिनासहित ३६९ जना निर्वाचन प्रहरीलाई आवश्यक अभिमुखीकरण तथा तालिम प्रदान गरिएको छ । सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै उनीहरुलाई मतदान केन्द्रमा परिचालन गर्ने प्रक्रिया अघि बढाइएको छ । प्रहरी निरीक्षक शाहका अनुसार सदरमुकाम धुन्चेमा रहेको जिल्ला प्रहरी कार्यलयको नेतृत्वमा दुई इलाका प्रहरी कार्यालय, १० प्रहरीचौकी र तीन अस्थायी प्रहरी पोस्तमार्फत जिल्लाभर शान्ति सुरक्षा कायम राख्ने व्यवस्था मिलाइएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...