पञ्चकोटमा आन्तरिक पर्यटकहरूको बढ्यो आगमन

Published on

काठमाडौं । धार्मिक पर्यटकको गन्तव्य बन्दैगएको पञ्चकोटमा आन्तरिक पर्यटकहरूको आगमन बढेको छ । बागलुङ नगरपालिका-६, भान्सामा पर्यटकीय संरचना थपिँदै गएपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको हो । भान्सामा जन्मेर भारतको विभिन्न स्थानमा ख्याती कमाउनुभएका कमलनयनाचार्यको अगुवाइमा पञ्चकोटमा करोडौंका योजनामार्फत पर्यटन र धार्मिक संरचना निर्माण गरिएको छ । २०७१ फागुन ७ गतेदेखि पञ्चकोटलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नेगरी अभियान सुरु भएको थियो । पञ्चकोटको झण्डै दुई सय रोपनी बढी जमिनमा ६० करोडका धार्मिक तथा पर्यटकीय संरचनाहरू बनिसकेको छ । बागलुङ नगरक्षेत्रको पाँच वटा कोट मिलाएर पञ्चकोट नामकरण भएको छ । हाल मुख्य पूर्वाधार निर्माण भइरहेको ताराजालकोट हो । ताराजालदेखि माथिल्लो कारीकोट, त्यसमाथि माझकोट र रायरायकोट छन् । सबैभन्दा अग्लो पहाडमा संसारकोट छ । पाँचवटा कोटलाई नै पर्यटन र धार्मिक गन्तव्य बनाउन लागिएको छ । 

यहाँ गण्डकी माताको मन्दिर, गरुण शिला, हनुमानको विशाल मूर्ति, सिस महल, सभाहल, भोजनालय तथा हवनकुण्ड लगायतका संरचना बनेको छ । ५ हजार ५ सय ५५ केजीको घण्टी राखिएको छ । ती सबै संरचना बनाउन हरेक वर्ष महायज्ञ लगाएर रकम सङ्कलनको काम हुँदैआएको छ । केही संरचना निर्माणमा बागलुङ नगरपालिका, गण्डकी प्रदेश र पर्यटन मन्त्रालयले साथ दिएको स्थानीयको भनाइ छ । पञ्चकोटमा संसारकै अग्लो कलश निर्माण गर्ने लक्ष राखिएको छ । १ सय ८ फिट अग्लो कलश बनाएर यहाँका ५ वटा कोटलाई पर्यटकीय र धार्मिक गन्तव्य बनाउने योजना छ । कलशका लागि फाउन्डेसन तयार भइसकेको छ । संसारकै अग्लो कलश बनेपछि नेपाल र भारतका लाखौं पर्यटकलाई पञ्चकोटमा आकर्षित गर्न सकिने सम्भावना रहेको अभियानका अगुवा स्वामी कमलनयनाचार्यको भनाइ छ । 

कलश बनाउने अभियानलाई सघाउने गरी पञ्चकोटमा ‘ब्रम्हाण्डीय महायज्ञ’ सम्पन्न भइसकेको छ । कलश झण्डै १३ तलाको घर बराबरको हुनेगरी डिपिआर बनिसकेको छ । बाहिरीस्वरूप कलशजस्तै भए पनि भित्रीखण्डमा बन्ने १६ वटा कोठामा धार्मिक गतिविधि हुने छन् । झण्डै दुईअर्ब खर्च अनुमान गरिएको पञ्चकोटको बृहत् पूर्वाधार निर्माणमा महायज्ञ, स्थानीयको दानमुठी र चन्दाबाट ती संरचना बनेका हुन् । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...