मिनी म्याराथनमा बकैयाका गोले प्रथम

Published on

काठमाडौं । पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा भएको प्रथम बागमती खुला मिनी म्याराथन (दौड) प्रतियोगितामा बकैया–५ का राजकुमार गोले प्रथम हुनुभएको छ । गोलेले बागमतीको शान्तिपुरदेखि, पाथिभरा, लामिटार, कोइरालादमार हुँदै झुरझुरेसम्मको ७ किलो मिटरको दुरी २४ मिनेट ११ सेकेन्डमा पार गर्दै प्रथम हुनुभएको हो । बागमती गाउँपालिका मकवानपुरको प्रायोजन तथा पालिका खेलकुद विकास समितिको आयोजनामा शुक्रबार बिहान प्रतियोगिता भएको थियो । दौड प्रतियोगितामा हेटौँडा–४ का सुवास योन्जनले २४ मिनेट ४९ सेकेन्डमा दुरी पार गर्दै द्वितीय र बकैया–७ का सचिन थिङले २५ मिनेट ४ सेकेन्डमा सोही दुरी पार गर्दै तेस्रो हुन सफल हुनुभयो । 

यस्तै क्रमशः बकैया–५ का अनिष थिङले २५मिनेट ४ सेकन्ड, हेटौँडा–४ का सचिन गुरुङले २५ मिनेट ५४ सेकेन्ड, बागमती–६ का राम चौधरीले २५ मिनेट ५५ सेकेन्डमा, बागमती–१ का दासु तामाङले २६ मिनेट ३३ सेकेन्डमा,  बकैया–८ का प्रदीप न्यासुरले २७ मिनेट ५ सेकेन्डमा, हेटौँडा–५ का सत्यमान वाईबाले २७ मिनेट ५४ सेकेन्ड र बकैया–५ का मनिष थिङले २८ मिनेट १६ सेकेन्डमा दुरी पार गरेर सान्तवना हुनुभएको थियो । दौड प्रतियोगितामा ४६ जना सहभागी हुनुभएको थियो । प्रतियोगितामा प्रथम हुनेले २५ हजार रुपियाँ, द्वितीय हुनेले १५ हजार रुपियाँ  र तृतीय हुनेले १० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नुभएको छ । साथै, प्रतियोगितामा सान्त्वना हुने धावकले जनही दुई हजार रुपियाँ प्राप्त गर्नुभएको हो । गोरखापत्र 

spot_img

ताजा समाचार

टी–२० विश्वकप : अस्ट्रेलिया जिम्बाबेसँग स्तब्ध

काठमाडौं । उपाधि दावेदार अस्ट्रेलिया आइसिसी टी–२० विश्वकपमा समूह चरणको आफ्नो दोस्रो खेलमा जिम्बाबेसँग...

सूचनाको समान पहुँच नहुँदा अर्थतन्त्र प्रभावित : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनाल अर्थतन्त्र सही ढङ्गले सञ्चालन हुन सही सूचना समयमै प्रवाह...

बालमैत्री गण्डकी प्रदेश निर्माण गर्ने प्रतिबद्धता

काठमाडौं । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले बालमैत्री...

सुरक्षा संवेदनशीलता विश्लेषण गरी परिचालित हुन प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनको समयमा देखापर्नसक्ने चुनौतीको समयमै सूचना सङ्कलन...