मूलकलाई अस्थिर बनाउने प्रयत्नलाई नेकपा एमालेलेमात्र परास्त गर्न सक्छ:ओली

Published on

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मूलक अप्ठेरो परिस्थितिमा गुज्रिएको र अस्थिरता कायम गराउन खोजिएकाले सबैलाई सचेत हुन आग्रह गर्नु भएको छ । मूलकको दिगो विकास र समृद्धिलाई रोकेर मूलकलाई अस्थिर बनाउने प्रयत्नलाई नेकपा एमालेलेमात्र परास्त गर्न सक्ने जनाउदै उहाँले यस्तो आग्रह गर्नु भएको हो । वर्तमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति अनुकूल नरहेको उल्लेख गर्दै पार्टीका नेताकार्यकर्तालाई सचेत र सक्रिय भएर यस विषयमा जनतालाई बुझाउन ओलीले आग्रह पनि गर्नु भएको छ । तपाईँहरू देख्दै आउनु भएको छ अहिले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति पनि ठीक छैन, उहाँले भन्नुभयो।ओलीले एमालेका विरुद्ध सबै एकजुट भएर लागेर घेराबन्दी गरेको यस्ता सबै घेराबन्दी तोड्न एमाले सक्षम छ भनेर पुष्टि गर्नुपर्ने समय आएको दाबी गर्नु भयो । सोमबार दमकमा भएको घरदैलो कार्यक्रममा स्थानीय मतदाताहरुलाई आफ्ना कुरा राख्दै ओलीले यस क्षेत्रमा ल्याइएका कतिपय विकासका योजनाहरू अहिलेको सरकारले बजेट कटौती गरेर अलपत्र पारेको जनाउनुभयो ।

यहाँका अधुरा विकास निर्माणदेखि लिएर यस क्षेत्रको र मूलकलाई नै विकसित बनाउनका लागि आफूलाई मत दिन ओलीले आग्रह गर्नु भयो । विकास नै आवश्यक थिएन, विकास किन चाहियो रु भनेर कतिपयले भनेको सुनेको जनाउदै मूलक सम्वद्ध बन्नका लागि सबै क्षेत्रको विकास अपरिहार्य भएको ओलीले बताउनुभयो । जनताका आवश्यकता र अपेक्षासँग जोडिएका विकासका मुद्दा गाउँगाउँसम्म लैजानुपर्नेमा ओलीले जोड दिनुभयो । उहाँले कार्यकर्तालाई एकताबद्ध भएर सङ्गठन सुदृढीकरण, विकासका उपलब्धि प्रचारप्रसार तथा भावी योजनाको स्पष्ट खाका प्रस्तुत गर्न आग्रह गर्नुभएको छ ।  “म नजिकबाट तपाईँको समस्या सुन्न आएको हुँ। म आफै तपाईँहरूसँग भेटघाट गर्ने र यहाँहरूको चाहना बुझ्नका लागि घरदैलोमा आएको छु, ”मतादातहरुसँग उहाँले भन्नुभयो । तपाईंहरूका गुनासा, सुझाव र मागलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु, ओलीले मतदातासँग स्पष्ट पार्नु भयो ।उहाँले भन्नुभयो, “मेरो सपना भनेको नै यहाँहरूको माग पुरा होस र गुनासोको उचित सम्बोधन गर्न सकियोस् भन्ने रहेको बताउनुभयो । अब आफू नियमित रुपमा भेटघाट र घरदैलोमा रहन्छु।” गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...