नयाँ भवनबाट इलाका प्रशासनको सेवा सञ्चालन

Published on

काठमाडौं । इलामको पश्चिमी क्षेत्रलाई लक्षित गर्दै निर्माण गरिएको आफ्नै नयाँ भवनबाट इलाका प्रशासन कार्यालय मङ्गलबारेले आजदेखि प्रशासनिक सेवा सुरु गरेको छ। सघन सहरी तथा भवन निर्माण आयोजना झापाको प्राविधिक सहयोगमा सम्बन्धित कार्यालयको करिब दुई करोड रुपियाँ लगानीमा भवन निर्माण सम्पन्न भएको हो। नयाँ भवनबाट सेवा सञ्चालनमा आएको कार्यालयका शाखा अधिकृत कमलप्रसाद भट्टराईले जानकारी दिनुभयो। यसअघि भाडाको भवनमा सञ्चालन हुँदै आएको कार्यालय अब आफ्नै संरचनामा सरेको छ। कार्यालय सञ्चालनसँगै जिल्लाको पश्चिमी क्षेत्रमा रहेका देउमाई नगरपालिका, माङ्गसेबुङ्ग गाउँपालिका र फाकफोकथुम गाउँपालिकाका सेवाग्राहीले प्रत्यक्ष लाभ लिने अपेक्षा गरिएको छ। कार्यालयबाट नागरिकता वितरण, राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाउनेलगायतका सेवाहरू प्रदान हुँदै आएका छन्।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...