बोलेरो दुर्घटना चालक घाइते

Published on

काठमाडौं । कालीकोट जिल्लाको रास्कोट नगरपालिका वडा न २ सेराचौरको टुडाखोलामा बोलेरो जिप दुर्घटना हुँदा चालक घाइते भएका छन् । चुनावी प्रचारप्रसारमा खटिने कार्यकर्तालाई पुर्ययर फर्किदै गरेको बोलेरो दुर्घटना भएको हो । दुर्घटनामा चालक राष्कोट नगरपालिका ३का अन्दाजी ३३ वर्षीय पङख फडेरा घाइते हुनुभएको छ । स्थानीय शान्ता कुमारी रोका मगरले आफू अगाडि गुडिरहेको जिप सडकभन्दा केही तल खसेको बताउनुभयो । मङ्गलबार साँझ करिब ६ बजे तिर सो घटना भएको हो । रास्कोट ईलाका प्रहरी चौकीबाट घटनास्थल पुगेको प्रहरी टोली र स्थानीयले घाइते चालकलाई गाडीबाट निकालेर अस्पताल पठाएका थिए । स्थानीय दिपक सिम्खडाले चालकको अवस्था गम्भीर रहेको र उद्धार गरी नगर अस्पताल गौतुकोटमा पठाएको जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यलय कालिकोटले दुर्घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

उपहार खबरका सञ्चालक तथा सम्पादक रामदत्त मिश्र नेपाल व्यापार संघको प्रेस सल्लाहकारमा पुनः नियुक्त

काठमाडौं – उपहार मिडिया नेटवर्क प्रालि तथा उपहार खबर अनलाईन पत्रिकाका सञ्चालक तथा सम्पादक...

विद्यालय शिक्षा विधेयकको मसौदा तयार गर्न सात सदस्यीय कार्यदल गठन

काठमाडौँ-  विद्यालय शिक्षा विधेयकको मसौदा तयारीलाई तीव्रता दिन शिक्षा तथा खेलकुद मन्त्रालयले सात सदस्यीय...

तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न गरी शनिबार साँझ स्वदेश...

कांग्रेसको वडा अधिवेशन: ४३ जिल्लाका ३ हजार ३९६ वडामा निर्वाचन सम्पन्न

काठमाडौं - नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म आयोजना हुने १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत...