निर्वाचनले मात्रै देशलाई निकास दिनसक्छ : मन्त्री पराजुली

Published on

काठमाडौं । आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले निर्वाचन नभए देश नयाँ गोलचक्करमा फस्ने बताउनुभएको छ । प्रेस काउन्सिल नेपालले विराटनगरमा आयोजना गरेको पत्रकार आचारसंहिता सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिमको उद्घाटन गर्दै मन्त्री पराजुलीले यस्तो बताउनुभएको हो ।

विषम परिस्थितिबाट उब्जिएको राजनीतिक कारण देश चुनाबमा होमिएको बताउँदै निर्वाचनले मात्र देशको संविधानलाई मुलबाटो ल्याउने उल्लेख गर्नुभयो । उहाँले अहिले देशमा निर्वाचित सरकार नभएको बताउँदै संविधानले दिएका अधिकारहरू रक्षाका लागि यो निर्वाचनलाई सफल बनाउन आग्रह गर्नुभयो । मन्त्री पराजुलीले प्रदेससभामा आमसञ्चार विधेयक विचाराधीन अवस्थामा रहेको बताउँदै पत्रकारको स्वाभिमान उठाउने गरी विधेयक आउने उल्लेख गर्नुभयो ।

नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरतबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भक्तिविलास पोख्रेल, नेपाल प्रेस युनियन कोशीका अध्यक्ष मिनकुमार श्रेष्ठ, प्रेस चौतारी नेपालका कोशी प्रदेश अध्यक्ष सुमन पुरीले बोल्नुभएको थियो । कार्यक्रममा कोशीका १४ जिल्लाका पत्रकारहरूको सहभागिता रहेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...