पशुपति शवदाह मेसिन खरिद प्रकरणमा १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दाको सुनुवाइ

Published on

काठमाडौं । पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. मिलनकुमार थापासहित १४ जनाविरुद्ध दायर गरिएको भ्रष्टाचार मुद्दाको सुनुवाइका लागि पेसी तोकिएको छ। मुद्दाको सुनुवाइ विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, उमेश कोइराला र विदुर कोइरालाको इजलासमा हुँदैछ। पशुपति क्षेत्रमा शवदाह मेसिन खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा उक्त मुद्दा दायर गरिएको हो। अभियोगअनुसार भारतीय रुपैयाँ ३२ लाख ५० हजार मूल्य पर्ने शवदाह मेसिनलाई नेपाली रुपैयाँ १ करोड ५२ लाख बराबरको देखाई, प्रचलित कानुनले दिएको छुटसमेत लागत अनुमानमा समावेश गरी अस्वाभाविक रूपमा उच्च लागत अनुमान तयार गरिएको थियो।

यस प्रकरणमा डा. थापासहित तत्कालीन निमित्त सदस्य सचिव राजुकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक घनश्याम खतिवडा, हालका उपनिर्देशक रेवतीरमण अधिकारी, तत्कालीन निमित्त उपनिर्देशक सिताराम रिसेल तथा इन्जिनियरहरू पशुपति ठाकुर, डेनिस उप्रेती र रमेश पुरीलाई प्रतिवादी बनाइएको छ। त्यसैगरी लेखा अधिकृत चन्द्रप्रसाद खनाल, पुल्चोक क्याम्पसको इलेक्ट्रिकल विभागका प्रमुख उपप्राध्यापक युवराज अधिकारी, कोषका कानुनी सल्लाहकार तथा मूल्याङ्कन समिति सदस्य लैनबहादुर थापा, सप्लायर्स कम्पनी म्याप इन्टरप्रिनियर्सका सञ्चालकद्वय मनोज पुरी र यदुनन्दन भट्टराई तथा एप्पल इन्जिनियरिङका प्रबन्ध निर्देशक सुरज चापागाईँलाई पनि प्रतिवादी बनाइएको छ।

अख्तियारले प्रतिवादीहरूसँग जनही एक करोड ८२ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ। उक्त मुद्दाको सुनुवाइबाट प्रकरणको वास्तविकता र कानुनी जिम्मेवारी निर्धारण हुने अपेक्षा गरिएको छ।

spot_img

ताजा समाचार

उपहार खबरका सञ्चालक तथा सम्पादक रामदत्त मिश्र नेपाल व्यापार संघको प्रेस सल्लाहकारमा पुनः नियुक्त

काठमाडौं – उपहार मिडिया नेटवर्क प्रालि तथा उपहार खबर अनलाईन पत्रिकाका सञ्चालक तथा सम्पादक...

विद्यालय शिक्षा विधेयकको मसौदा तयार गर्न सात सदस्यीय कार्यदल गठन

काठमाडौँ-  विद्यालय शिक्षा विधेयकको मसौदा तयारीलाई तीव्रता दिन शिक्षा तथा खेलकुद मन्त्रालयले सात सदस्यीय...

तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न गरी शनिबार साँझ स्वदेश...

कांग्रेसको वडा अधिवेशन: ४३ जिल्लाका ३ हजार ३९६ वडामा निर्वाचन सम्पन्न

काठमाडौं - नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म आयोजना हुने १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत...