गौरको अवस्था सामान्य बनाउन सर्वपक्षीय पहल, प्रशासनद्वारा कर्फ्यु जारी

Published on

काठमाडौँ । गौर सदरमुकामलगायत प्रभावित क्षेत्रको अवस्था सामान्य बनाउन जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय बैठक जारी रहेको छ। प्रशासनले जारी गरेको कर्फ्युका बीच आइतबार बिहानदेखि विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि तथा नागरिक समाजका अगुवाको सहभागितामा छलफल भइरहेको हो। प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बैठकबाट ठोस निष्कर्ष निस्कने विश्वास व्यक्त गर्नुभयो। “यस्ता घटना दोहोरिन नदिन सर्वपक्षीय छलफलमार्फत निकास खोज्ने प्रयास भइरहेको छ,” उहाँले भन्नुभयो, “शान्ति, सुरक्षा र अमनचयन सबैका लागि महत्वपूर्ण विषय हुन्, हामी यही दिशामा केन्द्रित छौँ।”

बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, नगरप्रमुख तथा नागरिक समाजका अगुवाहरू सहभागी छन्। आगामी दिनमा क्षेत्रीय सद्भाव कसरी कायम राख्ने भन्ने विषयमा छलफल केन्द्रित रहेको एक सहभागीले जानकारी दिए। गौर नगरपालिका–६ स्थित सबगढा गाउँमा शुक्रबार जन्तीमा चर्को ध्वनिमा डिजे बजाएको विषयलाई लिएर दुई पक्षबीच झडप भएको थियो। उक्त घटनापछि शनिबार दिनभर गौरलगायत क्षेत्र तनावग्रस्त बनेपछि स्थानीय प्रशासनले कर्फ्यु जारी गरेको हो। झडपका क्रममा आधा दर्जन सवारीसाधनमा आगजनी र तोडफोड भएको जनाइएको छ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आइतबार बिहानदेखि लागू गरिएको कर्फ्युका कारण गौर तथा आसपासका क्षेत्रमा जनजीवन प्रभावित बनेको छ। बजार पूर्ण रूपमा सुनसान देखिएको छ भने स्थानीय बासिन्दा घरभित्रै बसिरहेका छन्। शान्ति–सुरक्षा कायम गर्न सेना र प्रहरीको बाक्लो उपस्थिति रहेको छ र सुरक्षा निकायले निरन्तर गस्ती गरिरहेका छन्।

spot_img

ताजा समाचार

अमेरिकी सामरिक सपना ग्रिनल्यान्ड

काठमाडौं । सन् १९५१ मा नेटोको अगुवाइमा अमेरिका र डेनमार्कबीच भएको पारस्परिक रक्षा सम्झौता...

बसन्तसँगै ढकमक्क फुल्यो सिमल

काठमाडौं । “लागे चैतका महिना उराठिला बन्,सिमलको भुवा जस्तो उडिजाने मन”लोकसाहित्य र लोकभाकामा सिमलको...

पेचिलो निर्वाचनलाई सरल बनाएका छौं : प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शताब्दीकै पेचिलो निर्वाचनलाई आयोगले...

सुर्खेत–२ मा नयाँ समीकरण: परम्परागत प्रतिस्पर्धाबीच रास्वपाको चुनौती

काठमाडौँ । कर्णाली प्रदेशको राजधानी क्षेत्र समेटिएको सुर्खेत–२ मा वर्षौँदेखि नेपाली कांग्रेस र नेकपा...