बाँके प्रहरीमा १४३ वटा मुद्दा दर्ता

Published on

काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाँकेले माघ महिनामा जिल्लामा विभिन्न प्रकारका १४३ वटा मुद्दा दर्ता भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले सो जानकारी गराउँदै जिल्लामा माघ महिनामा दर्ता भएका मुद्दाहरूमध्ये जघन्य अपराधका ६, गम्भीर अपराधका ५५ वटा र सामान्य अपराधका ८२ वटा मुद्दा रहेको बताउनुभयो । उहाँले ती मुद्दाहरूमा अनुसन्धानका लागि प्रहरीले १३३ जनालाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको बताउनुभयो । प्रहरी प्रवक्ता पातलीका अनुसार जिल्ला प्रहरी कार्यालय बाँकेमा माघ महिनामै आर्थिक अपराधका ३४ वटा घटना दर्ता भएका छन् । सोही अवधीमा महिला बालबालिका र ज्येष्ठ नागरिकसँग सम्बन्धित सात वटा मुद्दा पनि दर्ता भएको प्रहरीले जनाएको छ । सोहीप्रकार उक्त अवधीमा जिल्ला प्रहरी कार्यालयमा ३५३ वटा ठाडो उजुरी परेका थिए । बाँके प्रहरीका अनुसार त्यहाँ ३५३ ठाडो उजुरी परेकोमा प्रहरीले १६७ वटा उजुरी सोही महिनामा फर्स्यौट गरेको छ । एउटा सम्बन्धित निकायमा लेखिपठाएको र १८६ वटा उजुरी फर्स्यौट गर्न बाँकी छ ।

सोही अवधीमा लागु औषधतर्फ प्रहरीले १६३ ग्राम ४४० मिलिग्राम ब्राउन सुगर, ११३० क्याप्सुल ट्रामाडोल, ३८ ट्याब्लेट नाइट्राजेपाम र १८ ग्राम ८०० मिलिग्राम गाँजा बरामद गरेको थियो । यसैगरी माघ महिनामै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी २०६ वटा उजुरी परेका थिए । ती मध्ये १८० वटा फर्स्यौट भएका छन् । २६ वटा मात्र फर्यौट हुन बाँकी रहेको बाँकेका प्रहरी प्रवक्ता दीपक पातलीले बताउनुभयो । सोही क्रममा घरेलु हिंसाअन्तर्गत ४० वटा उजुरी जिल्ला प्रहरी कार्यालयमा परेकोमा २५ वटा उजुरीको मिलापत्रमार्फत समाधान गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

च्याम्पियन्स–३६ अभियान शुभारम्भ

काठमाडौं । अबको १० वर्षपछि क्रिकेट खेलमा विश्वकप च्याम्पियन बन्ने सपनाका साथ कैलालीमा ‘च्याम्पियन्स–३६,...

स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षामा ६७.३१ प्रतिशत उत्तीर्ण

काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषद्को १७ औँ नाम दर्ता (लाइसेन्स) परीक्षामा ६७.३१ प्रतिशत...

अफगानिस्तानमा पाकिस्तानले गरेको हवाई आक्रमणमा ८० भन्दा बढीको मृत्यु

काठमाडौं । अफगानिस्तानको नङ्गरहार, पक्तिका र खोस्त प्रान्तका सात स्थानमा पाकिस्तानले हवाई गरेको जनाइएको...

माओवादी विद्रोह अन्त्यको ‘अन्तिम चरण’मा

काठमाडौं । भारत सरकारले दशकौँदेखि जारी माओवादी सशस्त्र आन्दोलन अब निर्णायक मोडमा पुगेको दाबी...