सभापति थापाद्वारा धादिङ दुर्घटनाप्रति दुःख व्यक्त

Published on

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले धादिङ दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । सभापति थापाले आज शोक विज्ञप्ति जारी गरी पोखराबाट काठमाडौँ आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुवाहक बस आज बिहान करिब १ :३० बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडा भन्ने ठाउँबाट त्रिशूली नदीमा खस्दा १७ जनाको मृत्यु र २७ जना घाइते भएको दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको हो ।

सभापति थापाले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथै शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्नुभएको छ । उहाँले घाइतेको उपचारको उचित प्रबन्ध मिलाउन सरकारसँग आग्रह गर्नुभएको छ । कांग्रेसले पछिल्लो समय यस्ता सडक दुघर्टना बढ्दै गइरहेकाले तत्काल एक कार्यदल गठन गरी घटनाको गहिरो अध्ययन गरेर यस्ता घटनालाई न्यूनीकरण गर्न गराउन सरकारको ध्यानाकर्षण गर्नुभएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

च्याम्पियन्स–३६ अभियान शुभारम्भ

काठमाडौं । अबको १० वर्षपछि क्रिकेट खेलमा विश्वकप च्याम्पियन बन्ने सपनाका साथ कैलालीमा ‘च्याम्पियन्स–३६,...

स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षामा ६७.३१ प्रतिशत उत्तीर्ण

काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषद्को १७ औँ नाम दर्ता (लाइसेन्स) परीक्षामा ६७.३१ प्रतिशत...

अफगानिस्तानमा पाकिस्तानले गरेको हवाई आक्रमणमा ८० भन्दा बढीको मृत्यु

काठमाडौं । अफगानिस्तानको नङ्गरहार, पक्तिका र खोस्त प्रान्तका सात स्थानमा पाकिस्तानले हवाई गरेको जनाइएको...

माओवादी विद्रोह अन्त्यको ‘अन्तिम चरण’मा

काठमाडौं । भारत सरकारले दशकौँदेखि जारी माओवादी सशस्त्र आन्दोलन अब निर्णायक मोडमा पुगेको दाबी...